0
गोल्डेन न्यूज संवाददाता
पोखरामा बन्न लागेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलाई भएका समाचार प्रकाशित भैरहेका बेला विमानस्थल आयोजनाले यसप्रति कुनै शंका नगर्न आग्रह गरेको छ । विमानस्थल निर्माणका विषयमा पछिल्लो समय विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले सोमवार विज्ञप्ति प्रकाशित गरी निर्माण कार्य सुरु गर्न आवश्यक तयारी भैरहेको स्पष्ट पारेको छ । साथै राष्ट्रिय गौरवको यो आयोजना कार्यन्वयनका लागि भएको प्रयास प्रति नगर्न नगराउन सबै सरोकारवाला समक्ष अनुरोध गरिएको छ । विमानस्थलका लागि आवश्यक थप ५२१ रोपनी जमिन र त्यसमा रहेका ४२ वटा घरटहराहरुको मुआब्जा रकम वितरणको प्रतिवेदन स्वीकृत भएको, आयोजना स्थलको माटोको परीक्षण, दक्षिण र पूर्व तर्फ ५ वटा नालाहरुको निर्माण गरिएको, थप अधिग्रहण गरेको क्षेत्रमा चिँनीया निर्माण व्यवसायीले तारवारको कार्य गरिसकेको र छिट्टै ठेकेदार आवास क्याम्पको समेत निर्माण अगाडि बढाउन स्वीकृति प्रदान गरिसकेको आयोजनाले प्रष्ट पारेको छ ।  निर्माण कम्पनीले ईन्जिनियरिङ डिजाईनको काम गररहेको र डिजाईनको काम सम्पन्न भएपछि मात्रै निर्माण कार्य सुरु गर्न सकिने प्राविधिक पक्षलाई ध्यान दिन आयोजनाले आग्रह गरेको छ । ‘यस आयोजनाले विभिन्न सिभिल निर्माण कार्यहरु, परामर्श सेवाका कार्यहरु र कार्यालय संचालन समेतमा विगत २ वर्षमा करिव १ अर्व, तथा जग्गा अधिग्रहणमा करिब ३ अर्व रकम परिचालन गरिसकेको सन्र्दभमा राष्ट्रिय गौरवको यस आयोजनाको कार्यान्वयन प्रति रहेको हाम्रो प्रतिबद्धता एवं लगन प्रति कुनै शंका नगर्न÷ नगराउन हुन सवै सरोकोरवालाहरु समक्ष सविनय अनुरोध छ ।’ आयोजनाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ । दुई हजार पाँच सय मिटर लम्बाइ र ५० मिटर चौडाइको धावनमार्ग रहने यो विमानस्थलमा बोइङ ७५७ मोडलसम्मका जहाज उडान–अवतरण गर्न मिल्नेछ । विमानस्थलमा एरोब्रिजयुक्त भवन र कार्गो भवन पनि निर्माण हुनेछ । यसबाहेक ट्याक्सी वे, अन्तर्रा्िष्ट्रय तथा आन्तरिक टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोलर टावर, एयरपोर्ट ह्यांगरजस्ता संरचना बन्नेछन् । विमानस्थल निर्माण गर्न ०३४ बाटै जग्गा अधिग्रहण तथा मुआब्जा वितरण थालिएको थियो । ४० वर्षअघि ३ हजार १ सय रोपनी जग्गा अधिग्रहण गरेर राखिएको थियो भने ५ सय २१ रोपनी जग्गा पछिल्लो समय अधिग्रहण गरिएको छ । विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट २१ अर्ब रुपैयाँ उपलब्ध हुने भएको छ । यसमध्ये २५ प्रतिशत रकम नेपालले अनुदानस्वरूप प्राप्त गर्नेछ । बाँकी ७५ प्रतिशत रकममा भने नेपालले वार्षिक २ प्रतिशत ब्याज तिर्नुपर्नेछ । यसैबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको तेश्रो पटक जग्गा अधिग्रहण हुने भएको छ । विमानस्थलका लागि थप जग्गा आवश्यक परेकोले विमानस्थलको वरपरको एक सय ७ रोपनी क्षेत्रफल अधिग्रहण हुने भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर प्रदिप अधिकारीले बताए । विमानस्थलको वरिपरि १० मिटरको सडक निर्माण गर्ने भएकोले नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना भएको प्राधिकरणका ईन्जिनियर प्रदिप अधिकारीले बताए । उनले भने–‘अन्तर्राष्ट्रिय विमानस्थलसंग नजिक रहेर निर्माण भएका केहि घरहरु भएको अवस्थामा विमानस्थलको वरिपरि सडक आवश्यक भएकोले विमानस्थल वरिपरि केही जग्गा आवश्यक हुने मुख्य तीन कारणले गर्दा जग्गा अधिग्रहण हुने भएको हो ।’ अर्को कुनै योजना नआउँदा सम्मको अन्तिम पटक उक्त जग्गा अधिग्रहण हुने भएको उनले बताए । उक्त जग्गा अधिग्रहणका लागि सर्भेको काम सकिएकोले केहि प्रक्रिया पु¥याएर प्राधिकरणले सूचना जारी हुने बताए । जग्गा अधिकरण गर्नका लागि एक अर्व बजेट विनियोजना भएको उनले बताए । करिब २१ अर्व ६१ करोडको आयोजना भए पनि त्यसमा सरकारले थप ४ अर्व बराबरको केही काम गर्दै गरेको समेत उनले बताए ।





Post a Comment

 
Top