0
गोल्डेन न्यूज संवाददाता
एमाले निकट युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघ कास्कीले पोखरामा एक घण्टा चक्काजाम गरेको छ । मंगलबार दिउसो १ देखि २ बजेसम्म पोखराको सभागृहचोक र महेन्द्रपुलमा चक्काजाम गर्दै तिवारीका हत्यारालाई कार्बाहीको माग गरेको हो । युवा संघ, अनेरास्ववियूका नेता तथा कार्यकताहरुले तिवारीका हत्यारालाई तत्काल पक्राउ गरि कार्वाही गर्न माग गर्दै गृहमन्त्रीको राजीनामा समेत माग गरे । आफना नेताको अपराधिक समुह लगाएर सरकारले योजनबद्ध ढंगले हत्या गरेको आरोप युवा संघले लगाएको छ । चक्काजामपछि आयोजित कोण सभामा बोल्दै अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य नरेश रोकायाले तत्काल हत्यारा सार्वजनिक गर्न माग गर्दै उच्चस्तरीय छानविन समिति गठन गनुपर्ने माग गरे । उनले आप्mना नेताको हत्यामा संलग्नलाई कार्वाही नगरे सरकारका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । उनले सरकारले सत्ताका लागि देश विदेशीलाई सुम्पन लागेको आरोप लगाउँदै देशको रक्षा र स्वाभिमानका लागि ज्यानको आहुति दिन तयार रहेको बताए । युवा संघ गण्डकी अञ्चल अध्यक्ष नवराज ओझाले अतिवारीका हत्यरालाई पक्राउ नगरे सडकबाटै बदला लिने चेतावनी दिए । उनले राष्ट्रिय स्वाभिमानको आन्दोलनमा अग्रमोर्चामा लागेको तिवारीलाई हत्या सरकारको योजनामा भएको दावी गरे । उनले नेपाल र नेपाली जनताको पक्षमा युवा संघले ज्यानको बाजी राखेर लडने बताए । युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले राष्ट्रिय स्वाभिमानको पक्षमा लागेका एमाले नेता कार्यकतालाई अपराधी समूह लगाएर हत्या गर्ने काममा सरकार लागेको आरोप लगाए । उनले तिवारीको हत्याको बदला लिएरै छाडने बताए । तिवारी हत्याको विरोधमा युवा संघ कास्कीले सोमबार राति पनि पोखरामा मोटरसाइकल ¥याली प्रदर्शन गरेको थियो । एमाले जिल्ला पार्टी कार्यालयबाट सुरु भएको ¥याली नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै सभागृहचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई एमाले कास्कीका सदस्य दिलिप न्यौपानेले सम्वोधन गदै हत्यारालाई पक्राउ गरि सार्वजनिक गर्न माग गरेका थिए ।







Post a Comment

 
Top