0
गोल्डेन न्यूज संवाददाता
पोखराको सराङकोटमा केबलकार निर्माण बुधबारदेखि सुरु हुने भएको छ । अन्नपूर्ण केबलकार प्रालिले पर्यटकीय स्थल सराङ्कोट लाई लक्षित गरेर केबलकार निर्माण गर्न लागेको हो । पोखरा–२६, सेदीदेखि पोखरा–२६, सराङकोट सम्म जाने गरि केबलकार निर्माण गर्न लागेको हो । स्थानीय जनताको १० प्रतिशत, टाकासी मियाहरा र व्यवासायी कालु गुरुङको लगानीमा केबलकार निर्माण हुन लागेको हो । २ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारमा १३ वटा टावर रहने परार्मश दाता रोपवय नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले जानकारी दिए । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा संचालन गर्ने लक्ष्य रहेको बताए । उनले १७ वटा डब्बाबाट प्रति घण्टा ९ सय जनालाई सेवा दिन सक्ने उनले बताए । पछि थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिने उनको भनाई छ । यात्रुको संख्या बढ्दै जादा डब्बा समेत बढाउन सकिन्छ उनको भनाई थियो । एउटा डब्बामा ८ जना यात्रु बस्न सक्ने छन् । काम सुरु भएको १८ महिनाभित्रै केबलकार निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीका म्यानेजर तीर्थराज त्रिपाठीले जानकारी दिए । केबलकार निर्माणका लागि त्यहाँ वरपरको जग्गा प्राप्तिको काम समेत उनले बताए ।  वन क्षत्रे पर्ने २४ रोपनी जग्गाको अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकार सगँ लिजमा लिएको बताए । कम्पनीले पिल्लर रहेन ठाउँको निजी जग्गा किनिसेकेको र केबलकारको तार पर्ने ठाउँको जग्गाका जग्गा धनिलाई शेयर दिने बताए ।  उनले १ देखि ८ आना जग्गा पर्नेलाई ५० हजारको शेयर, ८ आना देखि १ रोपनीसम्म जग्गा पर्नेको १ लाख बराबरको शेयर दिने उनले बताए । केबलकार निर्माणका लागि आवश्यक वित्तीय स्रोतको टुंगो समेत लागिसकेको उनको भनाई छ ।  केबलकार निर्माणको सबै काम चितवन कोईले पाएको छ ।  नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधि अनुसार एउटा तारमा कार झुन्डिने छन् । यो प्रविधिलाई डोपलमेयरको गोन्डोला प्रविधि भनिन्छ । केबलकारमा आवश्यक सामानहरु निपोन जापानको प्रयोग हुने उनले बताए । मियाहरा जापानीज नागरिक हुन् । उनले ललितपुर होटल संचालन गर्दै आएका छन् भने साराङकोटमा होटल निर्माण गरिरहेका छन् । पहिले मियाहरा जापानी नागरिक थिए तर धेरै बर्ष अगाडी जापानी नागरिकता त्यागेर उनी नेपाली नागरिक भएका थिए । अन्नपुर्ण केबलकार निर्माण तथा संचालनका लागि तीन बर्ष अगाडि २०७० जेष्ठमा नै उद्योग विभागमा कम्पनी दर्ता भएको थियो । तर पनि विभिन्न कारणले निमार्ण प्रक्रिया सुरु हुन सकेको थिएन । केवलकार निर्माण पनि करिब ६० जनाले रोजगारी पाउने छन् ।



Post a Comment

 
Top