0
गोल्डेन न्यूज संवाददाता
पूर्वाञ्चलमा हुने सातांै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चलबाट भलिबल खेलाडी छनोट भएका छन् । म्याग्दीमा भएको प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो । पुरुष भलिबलतर्फ स्याङ्जाकी सन्जु शाही, नवलपरासीका धनश्याम चौधरी, बाग्लुङका ओमकार थापा, स्याङ्जाका रमेश केसी, कास्कीका यमबहादुर गुरुङ, स्याङ्जाकै कमल सुनार, नवलपरासीका रामनारायण महतो रहेका छन् । भलिबलतर्फ नै स्याङ्जाका काजी केसी, रुपन्देहीका लोकेन्द्र भण्डारी, म्याग्दीका सुजन चोख्याल, स्याङ्जाका सुजन थापा र हरिप्रसाद पाण्ड छनोट भएका छन् । यस्तै महिला भलिबल प्रतियोगितामा म्याग्दी जिल्ला भलिबल संघ प्रथम भएको छ । मंगलबार भएको फाइलन खेलमा म्याग्दीले बाग्लुङलाई ३–१ को सेटमा पाखा लगाउँदै प्रथम भयो भने कास्की तेश्रो स्थानमै चित्त बुझाउन बाध्य भएको छ ।  त्यस्तै पुरुष भलिबलमा स्याङ्जा जिल्ला भलिबल संघ प्रथम भएको छ । फाइनलमा स्याङ्जाले कास्कीलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै प्रथम भएको हो । स्याङ्जाले कास्कीलाई २५–२०,२५–२२,२५–१८ को स्कोरमा पराजित गरेको हो । प्रतियोगितामा रुपन्देही तेश्रो हुन सफल भयो ।
 
यसैगरी हक्कीका खेलाडी महिला÷पुरुष खेलाडी पनि प्रतियोगिताका लागि छनौट भएका छन् । पोखरा रगंशालामा सोमबार र मंगलबार भएको प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो । हक्की महिलातर्फ मनिला मगर, समिक्षा पुन मगर, कमलादेवी धर्ती पुन, सुनिता गुरुङ, कमला रानामगर, पवित्रा गुरुङ, छाया थापा मगर, मनिता राना मगर, अन्जली ठकुरी, रोनी गुरुङ, रेनु गुरुङ, नानु गुरुङ, अतिथि शाही, अन्तिम गौचन, गीता परियार, सुजिना लामा छनोट भएका छन् भने वैकल्पिकमा र रेष्मा खान र  पुष्पा गुरुङ रहेको प्रशिक्षक सन्जोग थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए। त्यस्तै हकी पुरुषतर्फ हित गुरुङ, यमन रसाइली, इन्द्र पुन, अमरबहादुर गुरुङ, दूत गुरुङ, सागर खाँण, नविन धमाल, विप्लव गिरी, पवन परियार, राजन नेपाली, एलम्वर आले, कमल सुनार, सुवास राना मगर, प्रेम विक, नविन गुरुङ, रोयान श्रेष्ठ र वैकल्पिकमा आसेन नेपाली र आसीम थापा बैकल्पिकमा रहेका प्रशिक्षक राजेन्द्र पाठकले बताए ।  यसैगरी पोखरामा सम्पन्न पश्चिमाञ्चल स्तरीय स्क्वास्को छनौट खेलमा कास्कीको दवदवा रहेको छ । पोखरा गणेशटोल स्थित कास्की जिल्ला स्क्वास् र्याकेट संघको आफ्नै खेल कोर्टमा सम्पन्न खेलमा कास्कीका हिराकाजी श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन । कास्कीका प्रविन पालिखे दोश्रो भए भने प्रकाश केसी र विकास शाक्यले तृतीय स्थान हासिल गरे । नेपाल स्क्वास् र्याकेट एशोसिएशनका उपाध्यक्ष एवं खेलका मुख्य निर्णायक प्रेम सिंह, संघका उपाध्यक्ष एवं निर्णायक किरण श्रेष्ठ र कोषाध्यक्ष एवं निर्णायक रुपक दाश ताम्राकारले विजयी खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कास्की जिल्ला स्क्वास् र्याकेट संघका अध्यक्ष पुष्पराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सह–सचिव सन्तोष घिमिरेले गरेका थिए । छैटौंमा सम्पन्न स्क्वास खेलमा कास्कीले टिम इभेन्टमा रजत पदक प्राप्त गरेको थियो । पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद अन्तर्गत स्क्वास् खेल काठमाडौंमा हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । 






Post a Comment

 
Top