0
गोल्डेन न्यूज संवाददाता
सांसद शारदा पौडेलले विकास निर्माणका काममा राजनीति नर्गन सुझाव दिएका छन्। अमला विसौनी घार्मी  आलेवारी अम्वेश्वर ग्रामिण सडक उपभोक्ता समितिका प्रतिनिधिसंगको छलफलमा सांसद पौडेलले आफूले विकास निर्माणको कार्यमा कसैलाई काखा र पाखा नगरेको स्पष्ट पार्दै विकासमा राजनीति गरेको प्रमाण भेटिए आफूले राजनीति नै त्याग्ने बताए । ग्रामिण सडकलाई राष्ट्रिय आयोजनामा पार्न महत्वपूर्ण भूमिका खेलेकी सांसद पौडेलले मूल सडकको निर्माण कार्य सम्पन्न भैइसकेपछि अन्य शाखा सडकमा काम शुरु गर्ने बताइन। उनले १२ किलोमिटर लामो मुल सडकको छिट्टै शिलान्यास गरिने बताउँदै सडक निर्माणमा रकमको अभाव नहुने स्पष्ट पारे । मूल सडक निर्माणपछि महेन्द्रगुफा र वेशीचोक जोडने सडकलाई स्तरोन्नतिको काम गरिने बताए । उपभोक्ता समितिका अध्यक्ष धर्मराज आचार्य, समाजसेवी शोभामोहन पौडेल, महेश्वर पौडेल, सचिव डिल्लीराम पौडेल, कमलमोहन आचार्य, शिव पौडेल लगायतको टोलीसंग सांसद पौडेलले सडक निर्माणले पूर्णता पाएसंगै त्यस क्षेत्रमा खानेपानीको सुविधा पनि उपलव्ध हुने बताए। यसअघि टोलीले अर्का सांसद कुमार खड्कालाई पनि भेटेर सडक र खानेपानीको विषयमा ध्यानाकर्षण गराएको थियो । भेटमा सांसद खड्काले विकासका काममा कास्कीका सबै सांसद एकमत रहेको बताए ।  उनले पनि सडक निर्माणमा बजेट अभाव नहुने बताउँदै छिट्टै काम शुरु हुने बताए। अमला विसौनी घार्मी आलेवारी अमरेश्वर ग्रामिण सडकका लागि सरकारले यस आर्थिक वर्षमा १० करोड विनियोजन गरि सडक निर्माणका लागि टेन्डरसमेत आव्हान गरिसकेको छ ।








Post a Comment

 
Top