0
गोल्डेन न्यूज संवाददाता
युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीले सरकारलाई निर्वाचन गरेर एमालेलाई हराएर मात्र संविधान संशोधन गर्न चेतावनी दिएका छन् । युवा संघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने–‘संविधान संसोधनमा एमाले बाधक बन्यो भन्ने लागेको भए निर्वाचनको घोषणा गरांै र संघीयता पक्षधरहरु मिलेर एमालेलाई हराए भयो नि ।’ उनले राष्ट्रिय अखण्डतालाई कमजोर पार्ने गरि ल्याइने कुनै पनि प्रस्ताव युवा संघ र एमालेका लागि सह्य नहुने बताए। उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्ने बेलामा कार्यान्वयन हुन नपाउँदै संविधानको घाँटी निमोठने काम भएको बताए । उनले संविधान महिलाले ओठमा लगाउने लिपिस्टिक जस्तो नभएको बताए । ‘महिलाले ओठ लगाउने लिपिष्टिक जस्तो एक पटक ओठमा लगाए पछि मन परेन भनेर पुछेर अर्को लगाए जस्तो कुनै ब्यक्तिलाई संविधान मन नपर्दैमा संशोधन हुँदैन्’–उनले भने । उनले देशलाई सिक्किमिकरण गर्न खोजिएको भन्दै त्यसलाइ कुनै पनि हालतमा देशभक्त युवा हरुले सफल हुन नदिने बताए । उनले युवा संघका कार्यकता दुर्गा तिवारीको हत्या विशुद्ध राजनीतिक कारण भएको बताउँदै हत्यालाई अन्यत्र मोडने प्रयास भैरहेको बताए । सीमाङ्कन हेरफेर विरुद्धको आन्दोलनमा नेतृत्व गरेका कारण तिवारीको हत्या भएको छ, अन्य कुनै कारण छैन, राजनीतिक नै हो ।’ उनले राष्ट्रिय अखण्डता विरुद्धको आन्दोलन कमजोर पार्न भौतिक आक्रमण र धम्की दिइएको बताए ।

Post a Comment

 
Top