0
गोल्डेन न्यूज संवाददाता
पोखरामा पहिलो पटक पत्रकार महिलाहरुले मैत्रीपूर्ण फुटसल खेलेका छन् । पत्रकार महिलाहरु संगठित संस्था सञ्चारिका समूह पश्चिमाञ्चल र क्रियाशिल महिला पत्रकारविच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । फूलबारीस्थित टपकर्नर फुटसलमा आइतबार भएको खेलमा क्रियाशिल महिला पत्रकारको समूह १–० ले विजयी भयो । निर्धारित २० मिनेटमा खेलाईएको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमार्फत क्रियाशिल महिला पत्रकारको समूह १–० ले विजय भएको हो । पर्यटन, खेलकुद र सञ्चार पोखरा प्रवद्र्धनको मूल आधार भन्ने मूलनाराका साथ विभिन्न संघसंस्थाबीच आपसी सद्भाव कायम गर्ने उद्देश्यले पोखरा न्यूज डटकमले आयोजना गरेको प्रतियोगितामा अन्य १५ टिमको सहभागिता रहेको थियो भने पत्रकार महिलाबीच पनि मैत्रीपूर्ण फुटसल खेलाईएको थियो । यसैबीच पत्रकार महिलाहरुलाई खेलको माध्यमबाट पनि हौसला प्रदान गर्न भन्दै इन्फिनिटी रिर्सोट सेदी हाईट लेकसाईडका प्रवन्ध निर्देशक तथा युवा उद्यमी विनोद तिमिल्सिनाले सञ्चारिका समूह पश्चिमाञ्चललाई २० थान टिर्सट उपलव्ध गराएका छन् । उनले आगामी दिनमा पनि पत्रकार महिलाले गर्ने सह्रानिय कामको लागि सहयोग गर्ने बताए ।  अर्का युवा उद्यमी राजु दाहालले पहिलो पटक पत्रकार महिलाहरु फुटसल खेलमा सहभागी भएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा सञ्चारिका समूहले युवा उद्यमी विनोद तिमिल्सिनालाई मायाको चिनो हस्तान्तरण गरेको थियो ।




Post a Comment

 
Top