0
गोल्डेन न्यूज संवाददाता
गण्डकी अटो मेकानिक्स एशोसिएसन पोखराको १८ औं साधारणसभाले सनतकुमार भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । भट्टराईले यसअघि पनि अध्यक्षको जिम्मेवारी लिई संस्थालाई अघि बढाउन महत्वपूर्ण योगदान पु¥याएका थिए । कार्यसमिति वरिष्ठ उपाध्यक्ष सानुमान जलारी, उपाध्यक्ष किरण कपाली, महासचिव पुरुषोत्तम सुवेदी, सचिव योगेन्द्रराज भण्डारी, कोषाध्यक्ष सन्तोषकुमार मिश्र, सहकोषाध्यक्ष रत्नबहादुर थापा छन् ।
सदस्यमा हिमाल तिमिल्सिना, कृष्णबहादुर खाँण, अर्जुन उप्रेती, डेढबहादुर गुरुङ, रामचन्द्र पौडेल, सोमबहादुर गुरुङ, छमबहादुर खत्री र नवराज सुनार छन् ।
नयाँ कार्यसमितिको पदस्थापन निर्वाचन संयोजक अधिवक्ता माधव बाँस्तोलाले गरेका थिए । कार्यक्रममा एशोसिएसनका पूर्वअध्यक्ष एवं अग्रज यातायात व्यवसायी रमेश गिरीले मेकानिक्स सवारी साधनको सही डाक्टर भएकोले सक्कल पार्टस्को पहिचान गरेमा सवारीसाधन दुर्घटनामा न्यूनीकरण हुने बताए ।
कार्यक्रममा अटो व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सुवर्णमान नकर्मीले सबै मेकानिक्स एक भएमा व्यवसाय व्यवस्थित हुने बताए । २०५१ देखि एशोसिएनले अटो मेकानिक्सको हकहित एकता र व्यवस्थित कार्यका लागि महत्वपूर्ण कार्य गरेकोले सबै सदस्यहरुले आत्मीयता साथ लाग्नुपर्ने निवर्तमान अध्यक्ष कुलबहादुर नेपालीले बताए । एशोसिएसनका मानार्थ सदस्य सूर्यप्रसाद ढकाल, रेडियो सराङकोटका कार्यकारी निर्देशक कृष्ण थापा, मानवअधिकार शान्ति समाजका अध्यक्ष धिरज थापा, व्यवसायी सीप विकास समितिका प्रमुख तिलक रिमा, अधिवक्ता माधव बास्तोला, वरिष्ठ उपाध्यक्ष सानुमान जलारी, उपाध्यक्ष किरण कपाली, महासचिव पुरुषोत्तम सुवेदीलायत बोलेका थिए । कार्यक्रममा संस्थागत दैनिक प्रशासनमा महत्वपूर्ण भूमिका खेलेकोमा कार्यालय सचिव पार्वती बराललाई सम्मान गरिएको थियो । संस्थामा हाल २ सय ३७ सदस्य रही नियमितरुपमा विविध सामाजिक कार्य गर्दै पोखरा अटो ल्याण्ड निर्माणका लागि सम्बन्धित निकायसँग सहकार्य गरिने महासचिव पुरुषोत्तम सुवेदीले जनाए । साधारणसभाले हरेक शनिबार पसल बन्द गरी सरसफाइसहित वातावरणीय सन्तुलन कायम गर्ने निर्णय समेत गरेको छ ।


Post a Comment

 
Top