0
गोल्डेन न्यूज संवाददाता
पोखराका सडकपेटीमा रात विताउने बाध्य असहाय, बेसहाराको स्वास्थ्य उपचार गर्ने उद्देश्यले बृत्तचित्र प्रर्दशन गरिएको छ ।युवा संघ पोखरा ६ बैदामले न्यानो कपडा वितरण अभियानका क्रममा खिचेका दृश्यहरुलाई बृत्तचित्र निर्माण गरेर देखाइएको हो । शनिबार साँझ पोखराको पर्यटकीय केन्द्रमा देखाइएको बृत्तचित्रबाट २४ हजार ४ सय ५५ रुपैयाँ संकलन समेत भएको छ । संकलित रकम सडकपेटीमा बस्ने बेसहारा, अनाथ र असहायको स्वास्थ्य उपचारका लागि खर्च गरिने युवा संघ नेपाल वडा नम्वर  ६ बैदामका कोषाध्यक्ष केशव नेपालीले बताए । बृत्तचित्रमा पोखराका विभिन्न ठाँउमा रात विताउने बेसहारा, अनाथ र असहायको अवस्थालाई देखाइएको छ । पोखरा ६ बैदामको युवा संघले न्यानो कपडा वितरणका अवसरमा देखेको दृश्यले स्वास्थ्य सेवा अभियान संचालन गर्ने निधो गरेको थियो र आर्थिक संकलन गर्न बृत्तचित्र प्रर्दशन गरिएको युवा संघ बैदामका सहसचिव माधव गिरीले बताए । उनीहरुले खुटा नभएका दाङका कृष्ण चौधरीलाई खुटटा समेत राखि दिने भएका छन् ।  १९ वर्षिय चौधरी  विगत ११ वर्षदेखि जिल्ला प्रहरी कार्यालय नजिकैको चौतारीमा जीवन विताउँदै आएका छन् । उनको  दाहिने खुटटा छैन् । उनको खुटटा हाल्न करिव ३५ हजाररुपैयाँ खर्च लाग्ने र उक्त रकम युवा संघ ६ बैदामले ब्यहोर्ने युृवा संघ बैदामका कोषाध्यक्ष केशव नेपालीले बताए । मन्दिरमा गएर गरिने पूजा भन्दा बेसहाराका लागि गरिने सहयोग सवैभन्दा पून्य कर्म हुने  युवा संघ सचिव जीवन नेपालीले बताए। बृत्तचित्र प्रर्दशन कार्यक्रममा नेकपा एमाले क्षेत्र नम्वर ३ क अध्यक्ष धनबहादुर नेपाली, पर्यटन ब्यवसायी बासु त्रिपाठीले युवा संघ बैदामले गरेको काम प्रसंसा योग्य भएको बताउदै आगामी कार्यक्रममा आफनो तर्फबाट आवश्यक सहयोग गर्ने बताए ।  युवा संघ कुनै एनजीओ र आइएनजी ओ हैन्, तर हामी पीडितलाई सहयोग गरौ भन्ने भावनाले काम गरेको हौ न्यानो कार्यक्रमका संयोजक एवं युवा संघ गण्डकी उपाध्यक्ष महेन्द्र गुरुङले भने । संघका अध्यक्ष सलि देवान अस्वथ भएका कारण कार्यक्रममा उपस्थित हुन नसकेको भन्दै उनको उपाध्यक्ष गुरुङले उनको स्वास्थ्य लाभको कामना समेत गरेका थिए । बृत्तचित्र प्रर्दशन कार्यक्रम संघका उपाध्यक्ष सुन्दर पहारीको अध्यक्षतामा भएको थियो ।





Post a Comment

 
Top