0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ फेवा वेगनास चौतारीले न्यानो कपडा वितरण गरेको छ । स्याङ्गजा जिल्लाको रापाकोट गाउँ विकास समिति वडा नं. ८ मा रहेको कामक्षदेवी आधारभुत विद्यालयमा पुगेर क्लवले सहयोग गरेको हो ।  न्यानो कपडा, स्टेशनरी सामाग्री तथा एलइडि बल्ब वितरण गरिएको क्लव अध्यक्ष सन्तोष घिमिरेले बताए । ‘३० घर परिवारलाई एलइडि बल्व, २१ जना विद्यार्थीलाई सुइटर, टाउजर, टोपी लगायतका न्यानो कपडा साथमा खेलकुद तथा स्टेशनरी सामाग्री वितरण गरिएको हो’उनले भने । रिजन चियर पर्सन एमजेएफ बालकृष्ण बरालको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले छोटो समयमा क्लवले उल्लेख्य कार्य गरेकोमा प्रशंसा गरे । क्लवको सहयोगले भविष्यका कर्णधार बालबालिकाको अध्ययनमा सकारात्मक सहयोग पुग्ने उनको विश्वास थियो ।   सामाग्री ग्रहण गर्दै विद्यालयका प्रधानध्यापक तारापती खनालले विकट ठाउँमा पुगेर सहयोग हस्तान्तरण गरेकोमा खुशी व्यक्त गरे । आर्थिक अभावका कारण समस्यामा परेका विद्यार्थी, अविभावक र विद्यालयलाई लायन्स क्लवको सहयोगले केहि मात्रामा भएपनि राहत मिलेको उनको प्रतिक्रिया थियो ।  लायन्स क्लव अफ फेवा वेगनास चौतारी अध्यक्ष सन्तोष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चियर पर्सन सुदिपराज ढुङ्गाना, लायन्स क्लव अफ सिर्जना चौतारीका द्धितिय उपाध्यक्ष जीत बहादुर थापा, वयोवृद्ध समाजसेवी शसिधर रिमाल, नेपाली काँग्रेस रापाकोट गाउँ विकास समितिका उपाध्यक्ष शोभाकान्त रिमाल, लायन्स क्लव अफ फेवा वेगनास चौतारीका प्रथम उपाध्यक्ष पुरुषोत्तम भण्डारी, द्धितिय उपाध्यक्ष ऋषिराम भण्डारी,  सचिव विधान गौतम, कोषाध्यक्ष टंक ढकाल, कार्यक्रम संयोजक महेश्वर रिमाल, वातावरण निर्देशक शंकर पाण्डे, निर्देशक राजेश ढुङ्गाना, चित्र बहादुर गुरुङले बोलेका थिए ।  सहयोग सामाग्री लिएर गाउँ पुगेका लायन्सका सदस्यलाई गाउँलेले पञ्चेबाजा बजाएर स्वागत गरेका थिए । कक्षा १ देखि ३  सम्म अध्यापन हुने विद्यालयमा २१ जना दलित समुदायका विद्यार्थी अध्ययनरत रहेको प्रधानध्यापक खनालले जनाए ।



Post a Comment

 
Top