0
गोल्डेन न्यूज संवाददाता
कास्कीको ढिकुरपोखरी–४ स्थित माछापुच्छे« मावि÷शिक्षा क्याम्पसमा आगामी माघ ५ गतेदेखि १२ गतेसम्म हुने शैक्षिक एवम् धार्मिक महोत्सवको तयारी तिब्र पारिएको छ । माछापुच्छे« मावि÷शिक्षा क्याम्पसमा प्राविधिक शिक्षा सहित त्यसका फिडर स्कुलहरुको गुणस्तर अभिबृद्घि गरी समग्र ढिकुरपोखरी गाविसलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको बताइएको छ । महोत्सव करिव एक लाख जनाले अवलोकन गर्ने आयोजकले दावी पनि गरेको छ । महोत्सव सभ्य साथै भब्य रुपमा सम्पन्न गर्न भन्दै शनिवार बसेको १४औं सचिवालयको बैठकले विभिन्न उपसमितिलाई पूर्णता दिएको हो ।  जसअनुसार यादवराज अधिकारीलाई प्रचार–प्रसार, मनपति भण्डारीलाई आर्थिक संकलन, रुद्रप्रसाद भण्डारीलाई गेट निर्माण, दुर्गाप्रसाद पौडेललाई बाँस संकलन, तिर्थराज पौडेललाई कलशयात्रा व्यवस्थापन र पुण्य प्रसाद पौडेललाई दाता पहिचान उपसमितिको संयोजक तोकेको छ ।
त्यस्तै बैठकले केदारनाथ पौडेललाई विभिन्न गाविस, बिनोद कुवँरलाई सरकारी कार्यालय, कृष्णप्रसाद अधिकारीलाई संघसंस्था, मोतिलाल पौडेललाई कृषि, गोविन्दप्रसाद अधिकारीलाई राजनैतिक दल, रामचन्द्र सुवेदीलाई पूर्व शिक्षक, रामबहादुर केसीलाई पन्चे बाजा, द्रोणराज भण्डारीलाई भोजन, दामोदर सुवेदीलाई एसएमएस समिति, कुलबहादुर गुरुङ कुलुलाई सामुदायिक वन, रामचन्द्र पौडेललाई अतिथी सत्कार उपसमितिको संयोजकको जिम्मा लगाएको छ ।
 
त्यस्तै सो बैठकले लोकराज भण्डारीलाई पोखरा तथा व्यवसायिक सम्पर्क, मेजर झुमप्रसाद शर्मालाई पुर्व सैनिक, नारायणप्रसाद भण्डारीलाई बैदेशिक संघ–संस्था, डा. गिरधारी दाहाललाई पूर्व विद्यार्थी तथा कर्मचारी, घनस्याम पौडेललाई वर्तमान शिक्षक, भेषराज पौडेललाई गाडी व्यवस्थापन, तुलसीप्रसाद भण्डारीलाई खरिद संयोजक, गिरधारी सुवेदीलाई दाउरा संकलन र देव गिरीलाई खर संकलन उप–समितिको मुख्य जिम्वेवारी दिएको छ । त्यस्तैगरी हरिश्चन्द्र भण्डारीलाई कुल एक हजार जनालाई तुलादान प्रेरणा, लालप्रसाद पौडेललाई कुल पाँच सय झण्डा निर्माण, युवराज कुवँरलाई अन्य जिल्लाहरुसँगको समन्वय, मुक्तिराम भण्डारीलाई प्राथमिक उपचार, श्रीभद्र पौडेललाई मिडिया संयोजक, मुक्तिराम अधिकारीलाई माध्यमिक विद्यालयको समन्वय, सुशिल भट्टचनलाई युवा परिचालन, सगुन गुरुङलाई महिला परिचालन, पुण्यप्रसाद सुवेदीलाई पुजा व्यवस्थापन तथा सुपरिबेक्षण, हिमलाल भण्डारीलाई भजन किर्तन र तुलसीप्रसाद अधिकारीलाई आधारभूत विद्यालयको समन्वय गर्ने मुख्य जिम्मेवारी दिइएको छ । बैठकले प्रचारप्रसारलाई तिब्रता दिने, चाँडो भन्दा चाँडो दाता पहिचान गर्ने, महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रण गर्ने निर्णय पनि गरेको छ । त्यस्तै महोत्सवमा चौरासी पुजा, ब्रतबन्ध लगायतका कार्यलाई पनि समावेश गर्ने, पोखरा विश्वविद्यालयसँग स्नातक तहको कृषि इन्जिनियरिङ लगायत प्राविधिक तथा साधरण विषयका कार्यक्रम संचालन गर्न आङगिक क्याम्पसको सम्झौता गर्ने, यहि पुस १६ गते युवा, महिला, विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग बृहद छलफल गरी विभिन्न अन्य आवश्यक उप–समितिहरु पनि निर्माण गर्ने निर्णय पनि गरेको छ । महोत्सव मूल आयोजक समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षतामा बसेको सो बैठकको संचालन महासचिव यादवराज अधिकारीले गरेका थिए ।



Post a Comment

 
Top