0
गोल्डेन न्यूज संवाददाता
वैदेशिक परामर्श तथा भाषा प्रशिक्षणमा विश्वासिलो तथा अनुभवी कम्पनी कंगारु एजुकेशन फाउन्डेशनले पोखराको चिप्लेढुङा स्थित सेलवेज टावरको पाचौं तल्लामा आफ्नो क्षेत्रीय हेड्क्वार्टर स्थापना गरेको छ । कार्यलयको नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले एक कार्यक्रम माझ उद्घाटन गरेका थिए । कार्यालयमा रहेको अन्तराष्ट्रिय गुणस्तरका काउन्सेलिङ कक्षाहरु, मल्टिमिडिया जडित अत्याधुनिक कक्षा कोठाहरु, पुस्तकालय तथा कम्प्युटर ल्याबहरुले बिद्यार्थीहरुलाई सहज रुपमा आयल्स, टोफल्स्, स्याट, जिआरई, जिम्याट का तयारी कोर्स गर्नका लागि उपयुक्त वातावरण प्रदान गर्ने छ र उनिहरुको बैदेशिक अध्ययनको सपनालाई पुरा गर्न मद्दत गर्ने छ भन्ने बिश्वास लिएको संस्थाका कार्यालयका प्रमुख कार्यकारी टि. आर.काफ्लेले बताए  । कङारू एजुकेशन फाउन्डेशन को पोखरा अफिसले स्थापनाको छोटो समय मै आफूलाई पश्चिमाञ्चल क्षेत्रकै अब्बल कन्सल्टेन्सीका रुपमा उभ्याउन सफल भएको छ । सन २०१४ देखी पश्चिमाञ्चल हेड्क्वर्टरका रुपमा सेवारत यस कम्पनीले कास्की मात्र नभै आसपासका १० भन्दा बढी जिल्लाका विद्यार्थी तथा अभिभावकलाई सेवा प्रदान गर्दै आएको छ ।  अस्ट्रेलिया, न्युजिल्यान्ड्, सन्युक्त राज्य अमेरिका तथा युरोप जान चाहने सेवाग्राहीलाई उत्कृष्ट एवं भरपर्दो परामर्श दिने उद्देश्यले आफ्ना कार्यालय पूर्वधार तथा मानव संशाधनमा समय अनुकुल सुधार र विस्तार गर्दै अगाडि बढी रहेको संस्थाले सम्बन्धित देशका उच्च मान्यता प्राप्त विश्वविद्यालय तथा कलेजहरुमा आफ्ना विद्यार्थीहरु लाई भर्ना र भिषा प्रकृयामा सहजिकरण गर्ने मात्र नभै उक्त देशमै शाखा कार्यालय स्थापना गरी त्यहाँ पर्न सक्ने समस्यामा समेत सहयोगी भूमिका निभाउँदै आएको संस्थाका प्रबन्ध निर्देशक महेश बाबु तिमल्सिनाले बताए । हाल अस्ट्रेलिया स्थित मेलबर्न शहरमा आफ्नो अन्तराष्ट्रिय सम्पर्क केन्द्र रहेको कंगारु एजुकेशन फाउन्डेशनको प्रधान कार्यालय काठमाडौंको पुतली सडकमा रहेको छ भने अन्य कार्यालयहरु बिर्तामोड (पूर्वाञ्चल क्षेत्रीय कार्यालय), चितवन, बुटवल तथा चाबहिलमा रहेका छन् । सवल नेतृत्व, कुशल एवं बैदेशिक शिक्षा र कार्य अनुभव लिएका दक्ष टिम मेम्बर, अन्तराष्ट्रिय गुणस्तरको सेवा सुबिधा तथा निरन्तरको परिष्कार र बिस्तारलाई आफ्नो मुल मन्त्र बनाएको यस संस्थाले ब्यापार मात्र नभएर सामजिक उत्तरदायित्वलाई समेत आफ्नो कर्तब्य सम्झेको छ । गत बर्षको प्रलयकारी महाभूकम्पको समयमा कंगारु एजुकेशनले आफ्नै आन्तरिक श्रोत परिचालन गरी अति प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक र दोलखाका प्रभावित परिवारहरुलाई रु ५ लाख भन्दा बढीको सहयोग बितरण गरेको थियो भने समय–समयमा बाढी पीडित सहयोग, छात्रबृत्ति वितरण तथा सहर सफाइ अभियान लगायतका गतिबिधीमा पनि सकृय सहभागिता जनाउँदै आएको जनाइएको छ । उद्घाटन समारोहमा प्रमुख अतिथि इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष रामकृष्ण ज्ञावली अभिभावकको तर्फबाट ईश्वरमणि अधिकारी, कंगारु एजुकेशनका प्रबन्ध निर्देशक महेश बाबु तिमल्सिना, अध्यक्ष सुस्मिता पराजुली, अस्ट्रेलिया काउन्सेलर बबिता पराजुली, प्रमुख कार्यकारी टि.आर. काफ्ले, अनिल प्रधान, मोटिभेटर रमन नेपाली लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।



Post a Comment

 
Top