0
गोल्डेन न्यूज संवाददाता
पोखराको न्यूरोडमा रहेको नोभेल एकेडेमीले आफ्नो स्थापनाको १५औं वर्ष पुगेको अवसरमा दीक्षान्त समारोह तथा नोभेल लर्नर एवार्ड कार्यक्रम सम्पन्न गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त नोभेल एकेडेमीले आफ्नो एकेडेमीमा सञ्चालित एमबीए, बीबीए, बीएस्सी नर्सिङ र बी फार्मा अन्तर्गतका बिभिन्न सकायमा उत्तीर्ण १ सय १९ जना बिद्यार्थीहरु दीक्षान्त समारोहमा सम्मानित भएका थिए । सो अवसरमा एमबीए उतीर्ण ३५, बीबीए उत्तीर्ण ३५, बी एस्सी नर्सिङका १५ र बी फार्मातर्फ ४० जना विद्यार्थीहरु दीक्षित भएका थिए । दीक्षान्त समारोहमा नोभेल एकेडेमीका प्राचार्य विश्वेश्वर प्रसाद आचार्य, पूर्वाञ्चल विश्वविद्यालयका भीसी प्राध्यापक डाक्टर घनश्याम दास, पूर्वाञ्चल विश्वविद्यालयका पूर्व भीसी राम अवतार यादव, ब्रिटिस काउन्सिलका कन्ट्री म्यानेजर जीम ओनियल लगायतले दिक्षित लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, समाजसेवी तथा पर्यटन ब्यवसायी गणेश बहादुर भट्टराई, समाजसेवी तथा उद्योगपति  गणेश बहादुर श्रेष्ठ, शिक्षाविद् गणेश बहादुर गुरुङ लगायतले नोभेल एकेडेमीले पश्चिमाञ्चल क्षेत्रमा उच्च शिक्षामा राम्रो उपलब्धि गर्न सफल भएको र आगामी दिनमा उत्तरउत्तर प्रगतिको कामना गरेका थिए । सो अवसरम एकेडेमीका पुरानो र लगनशील शिक्षक डाक्टर एम बी पुनलाई सम्मान गरिएको थियो । त्यसैगरी वेस्ट स्टाफबाट पुरुषोत्तम पहारी र वेष्ट फ्याकल्टीबाट नर्सिङ कोअर्डिनेटर सिर्जना श्रेष्ठलाई समेत सम्मान गरिएको एकेडेमीका एमबीए प्रोग्राम को–अर्डिनेटर तेन्जिङ छोगेलले जानकारी दिए ।





Post a Comment

 
Top