0
गोल्डेन न्यूज संवाददाता
रेवान पोखराले १८औं संस्करणको पोखरा सडक महोत्सवलाइ  भब्य र सभ्य रुपले सम्पन्न गर्न क(कसले कस्तो जिम्मेवारी बहन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरु संग छलफल गरेको छ । रेवानले शुक्रबार पोखराको लेकसाइडमा पर्यटन सम्बद्ध विभिन्न संघसंस्था, उद्योग वार्णिज्य संघ, विभिन्न राजनीतिक दलका वडा प्रतिनिधि, बस व्यवसायी समिति, ट्याक्सी व्यवसायी समिति, सामुदायिक सेवाकेन्द्र बैदाम लगायतका दर्जनौ संघसस्थाका  पदाधिकारीहरुसंग छलफल गरेको हो  । छलफलमा सहभागिहरुले आ(आफ्नो धारणा राख्दै पोखरा सडक महोत्सवको आयोजक रेवान भएतापनि यसको सफलता असफलताले समग्र पोखरालाईनै असर पार्ने भएकाले सफल पार्नका लागि सम्पूर्ण पोखरेलीले आयोजकको भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका छन् । छलफलमा सहभागीहरुले पोखरा सडक महोत्सब  नेपालकै गौरब योग्य  महोत्सब  बनिसकेकाले यसलाई सफल पार्न सक्दो सहयोग गर्ने र आ – आफ्नो ठाउँवाट  जिम्वेवारी बहन गर्ने प्रतिवद्धता  समेत जनाएका छन् । कार्यक्रममा पोखरा उद्योग वार्णिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, राष्ट्रिय पर्यटन प्रबर्धन समिति सदस्य गोविन्द पहारी, पुर्व पर्यटन बोर्ड सदस्य अग्नि कडेल, रेवानका सल्लाहकार गणेश भटराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा लगायतले पर्यटन प्रबर्द्धनका लागि हुने यस्तो मेला महोत्सवलाई  विगतमा पनि साथ र समर्थन  गर्दै आएको जनाउँदै यसपालि पनि व्यक्तिगत र संस्थागत सहयोगलाइ  निरन्तरता दिने बताए । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल लगायतका राजनीतिक दलका वडा प्रतिनिधिले कार्यक्रमले आर्थिक विकासमा टेवा पुर्याउने भन्दै आफुहरुको सहयोग रहने प्रतिबद्धता जाहेर गरे। कार्यक्रमका वक्ताहरुले विगतमा भएका कमीकमजोरीलाई औल्याउदै त्यस्तातत्वमा सुधार गर्दै महोत्सवलाइ अझ बढी भब्य र सभ्य बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।  १८ औं सडक महोत्सव आउनु पुर्वनै जिर्ण सडकको मर्मत तथा फिर्के खोलामा बन्दै गरेको पुल निर्माण कार्य लाइ सम्पन्न गर्नुपर्ने कुरालाई छलफलमा जोड दिदै  सरोकारवालाको ध्यानआकर्षण  गरीएको  थियो । कार्यक्रममा दर्शकलाइ सडक क्षेत्रमात्र पर्याप्त नहुने भएकाले बसुन्धरापार्क, कोमागाने पार्क लगायतका पार्क  मध्ये कुनै एक ठाउँमा कार्यक्रम आयोजन गर्नुपर्ने भन्दै उपयुक्त विकल्प छिटो टुङ्गो लगाउनुपर्ने आवाज उठेको थियो । रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको  छलफल कार्यक्रममा महोत्सवका  संयोजक गोपीवहादुर भट्टराइले कार्यक्रमको उधेश्य माथि प्रकाश परेका  थिए । पोखरा सडक महोत्सवको १८ औं संस्करण आउँदो पुष १३ देखि १७ गते सम्म पोखराको लेकसाइडको साढे ३ किलोमिटर क्षेत्रमा आयोजना  गरिने आयोजक रेवान पोखराले जनाएको छ ।

Post a Comment

 
Top