0
गोल्डेन न्यूज संवाददाता
पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आईटिएफ तेक्वान्दो अन्तर्गत भएको प्रतियोगितामा पश्चिमाञ्चलले २ स्वर्ण, १० रजत र ४ कास्य पदक जितेको छ । मंगलबार भएको प्रतिष्पर्धामा ५६–६० केजी तौल समूहमा दिनेश बुढामगरले स्वर्ण पदक जितेका हुन् । मध्यमाञ्चलको शंकर यादवलाई पराजित गर्दै स्वर्ण पदक जितका हुन् । ८१–८५ केजी तौल समूहमा साजन पथभैयाले स्वर्ण पदक जितेका छन् । उनले सशस्त्र प्रहरीका लकबहादुर ऐरीलई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । त्यस्तै पश्चिमाञ्चलका दिपक गौतमले ४६–५० केजी तौल समूहमा आर्मीका पूर्णबहादुर मगरसँग पराजित भई रजत पदकमा चित्त बुझाए । यसैगरि ५१–५५ केजी तौल समूहमा विकल पौडेलले रजत पदक जिते । एपीएफका योगेन्द्र धिमालसँग पराजित हुदैँ उनी रजत पदक सीमित भए । महिलातर्फको ४०–४५ केजी तौल समूहमा रिना अधिकारीले रजत पदक जितिन् । नेपाली सेनाका निस्ना बस्नेतसँग पराजित हुदैँ रजत पदकमा चित्त बुझाएकी हुन् । ५१–५५ केजी तौल समूहमा शर्मिला महतले रजत पदक जितिन् । नेपाली सेनाको रिना धिमालसँग पराजित हुदैँ उनी रजत पदकमा सीमित भइन् । त्यस्तै ६१–६५ केजी तौल समूहमा उमिसा घर्तीमगरले रजत पदक जितिन् । नेपाली सेनाकी सृजना राईसँग पराजित हुदैँ रजत पदक जितेकी हुन् । यता क्यापर्नतर्फ ब्ल्याक बेल्ट फष्टजानमा आयुषा कार्कीले रजत पदक जितिन् । मध्यमाञ्चलकी रञ्जु पुलामीमगरसँग पराजित हुदैँ रजत पदकमा चित्त बुझाएकी हुन् । ब्ल्याक बेल्टको थर्डजानमा शर्मिला महतले रजत जितिन् । नेपाली सेनाकी तुलसा राजकलासँग पराजित हुदैँ रजत पदकमा सीमित भइन् । यस्तै ब्ल्याक बेल्ट फष्टजानतर्फ विमल रानाले रजत जिते । नेपाली सेनाका भिमबहादुर तामाङसँग पराजित हुदैँ रजत पदकमा चित्त बुझाए । ब्ल्याक बेल्ट सेकेण्डजानमा श्यामबहादुर गाहामगरले रजत पदक जिते । नेपाली सेनाका पूर्णबहादुरमगरसँग पराजित हुदैँ रजत पदकमा चित्त बुझाए । त्यसैगरि आईटिएफ तेक्वान्दो अन्तर्गत ६१–६५ केजी तौल समूहमा राजन रसाईली, ६६–७० केजी तौल समूहमा दानबहादुर सारु, ७१–७५ केजी तौल समूहमा टिप जिसी, ५६–६० केजी तौल समूहमा सिमा खाँसु र ६५ भन्दा माथिको तौल समूहमा दामना पुनले कास्य पदक जिते । यसैबीच रेफ्रीमाथि हातपात गरेका पश्चिमाञ्चलका तीन खेलाडी एकवर्षका लागि प्रतिबन्धित भएको छ । खेल सकिएपछि रेफ्री विनय राई माथि हातपात गर्ने पश्चिमाञ्चलका लोकेन्द्र भण्डारी, राजन थापा र रमेश केसीलाई भलिबलका कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी एकवर्षका लागि प्रतिबन्धित गरेको हो ।  रेफ्रीमाथि हातपात गर्ने खेलाडीहरुलाई रेफ्री कमिटी, आयोजक कमिटी र पश्चिमाञ्चल का पदाधिकारीहरुको छलफलपछि एकवर्षको प्रतिबन्ध सुनाएको हो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता  अन्तर्गत पुरुषतर्फको सेमिफाइनल खेलअन्तर्गत नेपाल आर्मीसँग ३–१ ले पराजित भएपछि पश्चिमाञ्चल का खेलाडीले रेफ्री विनय राईमाथि हातपात गरेका थिए । प्रतिबन्धसंगै उनीहरुले एकवर्षका लागि कुनै नेपाल भलिबल संघ, क्षेत्रीय भलिबल संघ र र जिल्ला भलिबल संघले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । पश्चिमाञ्चलका खेलाडीले भने रेफ्रीले एकपक्षीय खेल खेलाएको आरोप लगाएको थियो । सम्भवत नेपाली भलिबल इतिहासमा खेलाडीहरुलाई यति लामो समयको कारवाही गरिएको यो नै पहिलो पटक हो । यसअघि छिटफुटका घट्ना भएपनि खेलाडीमाथि यति लामो समय कारवाही गरिएको थिएन ।







Post a Comment

 
Top