0
गोल्डेन न्यूज संवाददाता
पोखराको न्यूरोडमा रहेको सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाले विविध कार्यक्रम आयोजना गरि आफ्नो ११औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले खुल्ला रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको थियो । संस्थाको स्थापनादेखि सामाजिक उत्तरदायित्व अन्तर्गत विविध रचनात्मक क्रियाकलापहरु मध्ये खुल्ला रक्तदानमा ५० जनाले रक्तदान र १ सय ३८ जनाको स्वास्थ्य परीक्षण गराएका थिए । विगतको वर्षदेखि पश्चिमाञ्चल सामुदायिक अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क रुपमा रगतबाट पहिचान हुने रोगहरुको प्राविधिक परीक्षणबारे समुदायलाई रोग पहिचानमा महत्वपूर्ण योगदान दिएको अस्पतालका ल्याव प्रमुख अर्जुन ज्ञवालीले बताए । कार्यक्रममा पहिलो रक्तदाता पोखरा फोटोग्राफर संघका पूर्व अध्यक्ष राममणि पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीको आम गतिविधिले समाजमा महत्वपूर्ण भूमिका खेलेको आर्थिक कारोवारसँगै हरेक सहकारीले सामाजिक क्रियाकलापहरु गर्नुपर्ने बताए । २०६३ सालमा स्थापना भएको संस्थाले शुरुवातदेखि सामुदायिक रेडियो सराङ्गकोेटको संचालन गर्दै ५ वर्षदेखि आर्थिक कारोवगारको माध्यमले समाजमा सहकारी गतिविधिमूलक कार्य गर्दै आएको अध्यक्ष प्रेमबहादुर जि.सी.ले बताए ।  संस्थामा हाल २ सय ६० जना शेयर सदस्य भई शेयरपुँजी ४ करोड ६० लाख, ऋण लगानी १९ करोड, निक्षेप २२ करोड रही संस्थाको बृहत्तर कार्यको लागि आफ्नैभवन खरिद समेत गरिएको सचिव कृष्ण थापाले बताए । कार्यक्रमको अवसर पारी गरिएको अन्तरकर्मचारी नृत्य प्रतियोगितामा सम्झना थापा, रोशनी घिमिरे र सुशीला परियार र विविध प्रतियोगितामा राधिका थापा र सरिता तामाङ्ग तथा रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिताको कदर गर्दै अञ्चल प्रहरी कार्यालयका सूचना प्रमुख प्र.ना.नि. राजेन्द्र पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव कृष्ण थापाले ५० औं पटक रक्तदान गरेको रक्तदाता आकस्मिक समूहद्वारा संयोजक हरिशचन्द्र शर्माबाट उत्कृष्ट रक्तदाताको पिन सहित सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष प्रेम बहादुर जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बाँस्तोला, क्षयरोग निवारण संघका अध्यक्ष केशव भण्डारी, पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष रामप्रसाद तिमिल्सिना, पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखराका अध्यक्ष हरिप्रसाद पाण्डे, संस्थापक अध्यक्ष लोकबहादुर थापा, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक केदार उप्रेती, उपाध्यक्ष अर्जुन बहादुर बस्नेत, व्यवस्थापक सुरेन्द्र थापा, कार्यक्रम संयोजक छविलाल तिमिल्सिना, संचालक सदस्य रमेश कुमार थापा, शेयर सदस्य राम बहादुर थापा, कर्मचारी सरिता तामाङ्ग लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।








Post a Comment

 
Top