0
गोल्डेन न्यूज संवाददाता
पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका पश्चिमाञ्चलबाट फुल कन्टयाक कराँतेका खेलाडी छनोट भएका छन् । पोखरा रगंशालामा भएको छनोटबाट पुरुष तर्फ ४० केजी तौलमुनी समूहमा कास्कीका आशिष राना, ५० केजी मुनि कास्कीकै नविन शेर्पा, ५५ केजी तौल मुनि कास्कीका जीवन गुरुङ, ६० केजी तौल मुनि नवलपरासीका गोपीराम स्याङतान र एक कातामा तनहूँका सुवास खड्का र खुल्लातर्फ कास्कीका विष्णु नेपाली छनोट भएका छन् । त्यस्तै महिला तर्फ ५० केजी मुनि नवलपरासीकी झलकुमारी महतो, ५५ केजीतौल मुनि तनहुँकी सुनिता गुरुङ र महिला खुल्लामा कास्कीकी सुस्मी श्रेष्ठ छनोट भएकी छन् । पुरुष ४० केजीमा कास्कीका आशिष रानाले स्याङ्जाका धिरज परियारलाई पराजित गर्दै स्वर्ण जित्न सफल भए भने ५० केजीमा कास्कीका नविन शेर्पाले पर्वतका अर्जुन बरामलाई पराजित गर्दै स्वर्णपदक जित्ते भने उनी पनि सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताकौ छनोट भए । यस्तै ५५ केजीमा कास्कीका जीवन गुरुङले तनहुँका चेत्रमान थापालाई पराजित गदै स्वर्ण जिते भने ६० केजीमा नवलपरासीा गोपीराम स्याङतानले तनहूँका सलिमवक्स मियाँलाई पराजित गदै स्वर्ण हात पारे । यसैगरी खुल्ला तौल समूहमा कास्कीका विष्णु नेपालीले म्याग्दीका ओम पुन मगरलाई पराजित गरे  भने महिला ५० केजीमा नवलपरासीकी शलकुमारी महतोले रुपन्देहीकी लक्ष्मी मल्ल ठकुरीलाई पराजित गर्दै स्वर्ण पदक जितिन् । ५५ केजीको प्रतिस्पर्धामा तनहूँकी  सुनिता गुरुङले रुपन्देहीकी सपना आलेमगरलाई पराजित गर्दै स्वर्ण सहित छनोट हुन सफल भइन् । महिला खुल्लामा कास्कीकी सुस्मी श्रेष्ठले रुपन्देहीकी सोनाली गुप्तालाई पाखा लगाउँदै स्वर्णपदक हात पार्न सफल भइन । यसैगरी प्रतियोगिताको मुख्य जुरीमा लक्ष्यबहादुर राना, लक्ष्मण कुँवर, रन्तबहादुर आले, रहेका थिए भने निर्णायकमा निर्मल पहारी, दानबहादुर क्षेत्री, गुन्जबहादुर राना, अशोक लामा, सागर गिरी, कमल एलसी, राजेन्द्र बुढामगर र सोनिया थापा रहेका थिए।  विजेता खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, केन्द्रीय प्रतिनिधि राजेन्द्र सुवेदी, कास्की जिल्ला खेलकुद विकास समितिका सदस्य अजय पराजुली, पत्रकार एकराज गिरी, छनोट प्रतियोगिता का संयोजक एवं कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार, जुरी निर्मल पहारीलगायतले मेडल, प्रमाणपत्र वितरण गरे ।


Post a Comment

 
Top