0
गोल्डेन न्यूज संवाददाता
पोखराको चिप्लेढुङ्गामा प्रधान कायाृलय रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ्गको जोमसोममा शाखा बिस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथि शिवनाथ पाण्डेले शाखाको उद्घाटन गरेका थिए । शाखाको उद्घाटन गर्दै कार्यकारी निर्देशक पाण्डेले बैंक तथा वित्तीय संस्थाको वर्तमान अवस्था र देशको मौद्रिक नीतिका वारेमा जानकारी दिए। शाखा उद्घाटनपछि बैंकको शाखा संख्या २६ पुगेको छ भने अन्य ६ वटा नयां शाखा खोल्ने तयारी भइरहेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष सुशिल कुमार गोशलीको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा शाखाका प्रवन्धक सोफिया शेरचनले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन गरेका बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले मनास्लु विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि खोल्ने प्रक्रियमा रहेको शाखाहरु सहित ४२ वटा शाखा पुग्ने लगायत बैंकका बिभिन्न गतिविधिहरु जानकारी जानकारी दिए । कार्यक्रममा जोमसोम उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन, नेपाल रेडक्रस सोसाइटी मुस्ताङ्गका उपसभापति गणेश शेरचन, जोमसोम महिला समूहकी अध्यक्ष शर्मिला गुरुङ्ग लगायतले आ–आफ्नो भनाइ राखेका थिए । बैंकलाई आर्थिक बर्ष २०७२÷७३ को मुनाफाबाट शेयरधनिहरुलाई २९.२० प्रतिशत बोनश शेयर दिन राष्ट्रबैंकले स्वीकृति दिईसकेको छ । बैंकको २०७३ असोज मसान्तसम्म १२ अर्ब ३२ करोड निक्षेप संकलन गरि १० अर्ब ७८ करोड कर्जा लगानी गरेको थियो ।


Post a Comment

 
Top