0
गोल्डेन न्यूज संवाददाता
समाज सेवा युवा क्लबको विशेष अगुवाईमा वडा नं ७, मासबार, शान्तिनगर नुवारथोक क्षेत्रमा रहेको सम्पूर्ण सघंसंस्थाको आयोजना तथा वडा प्रहरी कार्यालय वैदामको सहकार्यमा प्रभातफेरी कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  प्रमुख अतिथि वडा प्रहरी कार्यालय वैदामका कार्यालय प्रमुख प्रहरी निरीक्षक मोहनमणि अधिकारीले सहभागी नागरिकहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए । उनले विकृति–विसंगति न्यूनिकरण गर्न स्थानीय नागरिक र संघ–संस्थासँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा विकृति विसंगति विरुद्ध समितिका सल्लाहकार नविनराज बराल, नागरिक समाजका पोखराका संयोजक रामबहादुर पौडेल लगायतले बोलेका थिए । विकृति–विसंगति विरुद्ध समितिका संयोजक अकिंत बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुगम गहन मार्ग टोल विकास संस्थाका अध्यक्ष शारदा गिरी, कार्यक्रम बारे जानकारी समितिका सल्लाहकार पुरुषोत्तम रेग्मीले गरेका थिए । कार्यक्रमको संचालन समाज सेवा युवा क्लबका सचिव अन्जु बरालले गरेका थिए । कार्यक्रम सुरु हुनुभन्दा पहिला मासबार पोखरीपाटनबाट सुरुभएको प्रभातफेरी सुगम गहन मार्ग, शान्तिनगरचोक, बुलौदी हुदै मासबारको चौरमा आएर कार्यक्रममा परिवर्तन भएको थियो ।


Post a Comment

 
Top