0
गोल्डेन न्यूज संवाददाता
कानून व्यवसायी विनाको न्याय अपुरोे हुने हुँदा न्याय सम्पादनमा बार र बेञ्च हातेमालो गरेर अगाडि बढेमा सेवाग्राहीहरुलाइ सही न्याय दिलाउन सकिने पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। नेपाल बार एशोसिएन स्थापनको ६०आंै वार्षिकोेत्सवका अवसरमा आयोजित  कार्यक्रममा उनीहरुले यस्तो बताएका थिए ।  कार्यक्रममा प्रमुख अतिथि तथा उच्च अदालत पोखराका म्ुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीले बार र बेञ्च हातेमालो गरेर न्यायालयमा भएका विकृति र बिसंगति विरुद्ध अघि बढनुपर्नेमा जोड दिए । उनले अदालतले गल्ति ग¥यो भने सच्याउने निकाय उच्च तथा सर्वोच्च अदालत रहेको तर कानून व्यवसायीले नै गल्ती गरेमा सच्याउने निकाय नरहेकोले कानुन व्यवसायी सामाजिक अभियन्ता मात्र नभइ न्यायका पनि अभियन्ता समेत रहेको स्पष्ट पारे ।  कार्यक्रममा जिल्ला न्यायाधीस शेखर प्रसाद पौडेलले न्याय सम्पादनको कार्यमा सक्षमताका साथ अदालतलाइ सहयोग गर्न बारको महत्वपूर्ण भूमिका रहेको बताए ।  उच्च अदालतका रजिष्ट्रार हरिराज कार्की, वरिष्ठ अधिवक्ताहरु तिलक आचार्य, कृष्ण बहादुर गुरुङ, कृष्ण थापा, अधिवक्ताहरु मोहननाथ कोइराला, कमलप्रसाद अर्याल, दयाराम गौतम, रामचन्द त्रिपाठी, टंक शर्मा, कृष्ण तिमिल्सिना, भगवती पहारी, शिव बहादुर सुनार लगायतले बार न्यायालयको अवस्था तथा नेपाल बारमा आबद्ध कानुन व्यवसायीहरुको पेशागत हकहित र मर्यादाबारे प्रकाश पारेका थिए । बार दिवसका सन्दर्भमा पोखरामा कार्यरत कानून व्यवसायीहरु उच्च अदालतको गेटदेखि मुस्ताङचोक, राष्ट्रबैंकचोक हँुदै जिल्ला अदालत पुगेर कार्यक्रममा सहभागी भएका थिए ।  जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष सोम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले उच्च बार तथा जिल्ला बार दुबै मिलेर जिल्ला बार भवन निर्माणको कार्यलाइ यथाशीघ्र अघि बढाउन पहल गर्नुपर्नेमा समेत जोड दिएका थिए ।




Post a Comment

 
Top