0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका वाणिज्य मन्त्री रोमी गौचन थकालीले संविधान संसोधन गर्ने नाममा ४ नम्वर प्रदेश टुक्राएको खण्डमा आफूले मन्त्री पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । मन्त्री थकालीले हाल कायम भएको प्रदेश नम्बर ४ क्षेत्रलाई टुक्राएको अबस्थामा आफू मन्त्री पदबाटै राजीनामा दिएर जनतासंग जाने चेतावनी दिएका हुन्। मन्त्री थकालीले नवलपरासीको बर्दघाट र सुस्तालाई चार नम्बर प्रदेशबाट अलग्याउन नहुने भन्दै मुस्ताङमा पनि हाल कायम भएका गाविसलाई नै कायम गर्नुपर्ने बताए । मन्त्री थकालीले जनताको चाहना, ईच्छा र जनताको भरोसा बिना राजनीति गर्ने कहिल्यै नटिक्ने ठोकुवा गरे । राजनीति जनताको चाहना, जनताको ईच्छा र जनताकै भरोसामा चल्नुपर्ने र आफू पनि त्यहि सिद्धान्तअनुसार चलेकाले मन्त्रीसम्म बन्न पुगको जिकिर गरे । उनले कर्मचारी कहिल्यै पार्टीको नहुने भन्दै उनले सोही सोंचका कारण आफूले मन्त्री हुने वित्तिकै कर्मचारी फेरबदल नगरेको स्पष्ट पारे । मुस्ताङका मार्फा थकालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब मार्फामा फर्केर आलु उत्पादनमा लाग्न आग्रह गर्दै त्यसको बेच्ने काम आफूले गर्ने प्रतिबद्धता जनाए । आलुको राम्रो सम्भावना भएकाले बाटो निर्माण गरेर बजारीकरणमा सघाउने उनको आश्वासन थियो । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरामा यस्ता खेल गतिविधिले गर्दा पोखरालाई खेलकुदको राजधानी बनाउनमा टेवा पुग्ने बताए। नेवाः खल कास्कीका अध्यक्ष असोक पालिखेले धार्मिक तथा जातिय कार्यक्रममा राष्ट्रिय पोसाक लगाउन आग्रह गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले संघीयताको बिषयमा दलहरुले समयमै मिलाउन नसके आन्दोलन चर्किने बताए । नेपाल आर्चरी संघका बरिष्ठ उपाध्यक्ष वसन्त थकालीले आर्चरी खेललाई राष्ट्रिय खेलको मान्यता दिनुपर्नेमा जोड दिए । अर्को एक कार्यक्रममा मन्त्री रोमी गौचन थकालीले संविधान संशोधनको प्रस्ताव नेकपा एमालेले पेस गरेको पुरानै खाका भएको बताए । महिला हिंसा सम्बन्धी १६ दिने अभियान अन्तर्गत नेपाल महिला सङ्घ कास्कीले शनिबार पोखरामा आयोजना गरेको कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले आपूmले संशोधन प्रस्ताव पेस गर्दा राष्ट्रघात नहुने र अरुले त्यही प्रस्ताव पेस गर्दा राष्ट्रघाती भएको भन्दै हिँड्नुमा कुनै तुक नभएको टिप्पणी गरे। उनले मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउँनकै लागि संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसदमा पेस गरिएको जानकारी गराए । स्थानीयलगायत तीनै तहको निर्वाचन पक्का हुन्छ यी निर्वाचन कुनै हालतमा रोकिन्न भन्दै वाणिज्य मन्त्री थकालीले जो निर्वाचनमा जान डराउँदैछ उनीहरुले नै निर्वाचन अब हुदैन भन्दै हिँडेर अफवाह पैmलाएको उल्लेख गरे । मन्त्री थकालीले महिला हिंसा रोक्न समाजमा देखिएका असमानताको अन्त्यका लागि महिला र पुरुषको समान दायित्व भएको धारणा राखे। सांसद शारदा पौडेलले महिला क्रियाशील भए मात्रै नेपाली काँग्रेस बलियो हुने बताउँदै स्थानीय तहको निर्वाचन जित्न महिला सङ्गठन मजबुत बनाउनुपर्नेमा जोड दिइन । सङ्घकी अध्यक्ष कोपिला रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष अनिता तिमिल्सिना लगायतका वक्ताले महिला हक अधिकारका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।




Post a Comment

 
Top