0
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गजुसिद्धी बज्राचार्यको सरुवा भएको छ । उनको सिराहा स्थित ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखको रुपमा काज सरुवा भएको हो । बज्राचार्यको स्थानमा ईलाका प्रहरी कार्यालय अनारमनी झापा दरबन्दी भई क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्रहरी नायव उपरीक्षक खड्ग बहादुर खत्री आउने भएका छन् । खत्री प्रहरी निरीक्षक हुँदा ईलाका प्रहरी कार्यालय शिशुवा  (डाडाकोनाक प्रहरी चौकी) को प्रमुखका रुपमा समेत काम गरेका ब्यक्ति हुन् । बज्राचार्य गत भदौ १ गते पोखरामा आयोजित कार्यक्रमका बीच सामुदायिक सूचना समाजको तर्फबाट सिआईएस ईन्फरमेशन अवार्डद्वारा सम्मानित भएका थिए । जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी समेत रहेका उनी जिल्ला भरका सरकारी कार्यालयहरुको सूचना अधिकारी मध्ये उत्कृष्ट हँुदै अवार्ड प्राप्त गर्न सफल भएका थिए। बज्राचार्यले आफ्नो कार्यकालमा निकै उत्कृष्ट कार्य गरेको प्रहरी अधिकृतहरुको ठहर छ ।

Post a Comment

 
Top