0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले घर, विद्यालय र कार्याालयबाटै महिला हिंसा महिला अन्त्यको सुरुवात गर्नुपर्ने बताएका छन् । नगर महिला समन्वय समितिले महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शनिबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सानैदेखि आप्mना छोराछोरीलाई नकरात्मक काम गर्न नहुने बारे ज्ञान दिनुपर्नेमा जोड दिए । उनले महिला हिंसा अन्त्यका लागि सबैको सहकार्य र सहभागिता आवश्यकमा जोड दिए । कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले महिला हिंसारहित समाज निर्माणमा एमाले सधंै प्रतिवद्ध रहेको बताए । कार्यक्रममा इन्द्र गुरुङ, अमृता गुरुङ, लक्ष्मण खवास, सरस्वती खवास, घगेन्द्र अधिकारी, भगवती अधिकारी, लक्ष्मी त्रिपाठी, चिन्तामणि बाँस्तोला, पवित्रा गिरी, मिना गिरीलाई सम्मान गरिएको थियो । उनीहरुले सन्तानका रुपमा छोरी मात्रै भएपनि बन्ध्याकरण गरि छोरा नै चाहिन्छ भन्नेहरुका विरुद्ध सन्देश दिन सफल भएको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ । पोखरा नगर महिला समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव पार्वती ढुङ्गानाले गरेकी थिइन् ।
 
यसैगरी बढ्दो महिला हिंसा न्युनिकरणका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका रहनेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), शान्तिका लागि नागरिक समाजको सञ्जाल र कोक्यापले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा मङ्सिर १७ गते पोखरामा संयुक्त रुपमा आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै अञ्चल प्रहरी कार्यालयका डिएसपी डिल्लीराज पन्तले महिला हिंसा न्युनिकरणका लागि ग्रामीणस्तरसम्म सचेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए। उनले सार्वजनिक यातायातमा महिलाहरुलाई हुने दुव्र्यवहार न्युनिकरणका लागि प्रहरी, नागरिक समाज र अधिकारकर्मीको संयुक्त पहलमा अभियान नै संचालन गुर्नपर्ने बताए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय कास्की प्रमुख लक्ष्मी जिसी कार्कीले महिला हिंसा विरुद्ध सबैले प्रतिबद्ध भएर अघि बढ्नुपर्नमा जोड दिइन् । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिब खकुरेलले मानवअधिकार उल्लंघनका घटनामा महिला हिंसाका घटनाहरु बढि आउने गरेको बताउँदै हिंसा न्युनिकरणका लागि दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिए। कार्यक्रममा शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष ढाकाराम पौडेल, महिला मानबअधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष जानकी शर्मा, कोपीला नेपालका तीर्थ थापा, गुञ्जन नेपालका अध्यक्ष जुना कुमारी गुरुङ, एडभोकेसी फोरमका सरला कुमारी पाण्डे, पिपुल्स फोरमका कार्यक्रम संयोजक भुबन पराजुली, कार्यक्रममा सहभागीहरु दिपा न्यौपाने, रक्षा गिरी, भीमा पौडेल, तारामाया थापा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
 
राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय निर्देशक सूर्यबहादुर देउजाको अध्यक्षतामा भएको कार्यक्रममा कोक्यापका क्षेत्रीय कार्यक्रम संयोजक सरिता पुरीले स्वागत, इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयकी कार्यक्रम फोकल पर्सन सवनम शर्माले संचालन गरेकी थिईन् । यसैगरी लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियानको सन्र्दभमा बाल तथा महिला शसक्तिकरण नेपालको आयोजनामा महिला तथा किशोरीहरुका लागि आत्मरक्षा तथा प्रतिवाद सम्बन्धी तालिम शनिबार पोखरामा सम्पन्न भयो। तालिममा मौन प्रतिकार, शाब्दिक प्रतिकार र सक्रिय प्रतिकारको बिषयमा आइकिडो आकिकाइ एशोसिएशन नेपालका संस्थापक अध्यक्ष अर्जुन श्रेष्ठले सहजीकरण गरेका थिए। प्रतिकार गर्ने अभ्यास नभएकै कारण नेपालमा धेरै महिलाले ज्यान गुमाउनु परेको उनले बताए। तालिममा महिला अधिकारको क्षेत्रमा काम गर्ने ३२ जना महिलाको सहभागिता रहेको थियो । महिला तथा किशोरीहरुको हत्या हिंसा न्युनिकरणका लागि तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष रजनी कोइरालाले जानकारी दिइन । कार्यक्रममा महिला हिसा बिरुद्धको १६ दिने अभियान र सेतो रिवन अभियानको बारेमा क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिमिल्सिना पंगेनीले जानकारी दिइन। अधिवक्ता सरलाकुमारी पाण्डेले महिलाहरुको आत्मरक्षा तथा प्रतिवादका लागि तालिम निकै प्रभावकारी भएको र यस किसिमको तालिम प्रत्येक महिलाले लिन आवश्यक रहेको बताइन । संस्थाका अध्यक्ष रजनी कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा संस्थाका कार्यक्रम संयोजक गणेश खतिवडा,  नागरिक शिक्षा अधिकृत युमाया पुन लगायतले बोलेका थिए।

Post a Comment

 
Top