0
गोल्डेन न्यूज संवाददाता
पोखरामा निर्माणाधिन अवस्थामा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभित्र निर्माण सम्पन्न हुने र विमानस्थल आगामी सन् २०२० जुलाई सम्ममा संचालनमा आउने व्यवस्थापिका संसद् विकास समितिका सभापति एवं विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक रवीन्द्र अधिकारीले बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिले शनिबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै अधिकारीले विमानस्थल निर्माणको काम दु्रत गतिमा अघि वढिरहेकाले यसमा कसैले शंका गर्ने विषय नरहेको बताउँदै विमानस्थलबाट प्रत्यक्ष प्रभावित वडा नं १४, १८ र १५ मा निर्माण गरिने पूर्वाधारका काम कतिपय आयोजनाले र बाँकी नेपाल सरकारले पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा वोल्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थल डिजाइनको काम अघि बढेको बताए ।  उनले नाला बनाउने र विमानस्थलसम्म पुग्ने बाटो निर्माण सम्पन्न भई विमानस्थलको डिजाइनको पहिलो चरणको काम सकिएको बताए । उनले पोखरा विमानस्थलको परिफेरीका लागि आवश्यक पर्ने थप १ सय ७ रोपनी जग्गा अधिग्रहणको काम अघि बढे्को बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले विसं २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जमिन अधिग्रहण गरेकोमा नपुग ५ सय २१ रोपनी जग्गा र ३५ वटा घरटहरा अधिग्रहण गरिसकेको पोखरा अन्तर्राष्ट्रय विमानस्थल आयोजनाका प्रमुख प्रदिप अधिकारीले जानकारी दिए । उनले अधिग्रहणका लागि दुई अर्ब ३४ करोड ७० लाख मुआब्जा वितरण गरेको बताए विमानस्थलको ठेक्का लिएको चीनको ठेकेदार कम्पनी सिएमसीइको प्राविधिक टोली आइसकेको र निर्माण अवधिभर कम्पनीको प्राविधिक टोली, कर्मचारी र कामदार बस्ने अस्थायी भवन बनाउने काम भइरहेको अधिकारीले बताए । कार्यक्रममा सभासद सारदा पौडेल, डिवि नेपाली, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, निर्वतमान अध्यक्ष विन्दुकुमार थापा, पश्चिमाञ्च होटल संघका अध्यक्ष भरत पराजुली लगाएतले सुझाब दिएका थिए । कार्यक्रममा विमानस्थलबाट प्रभावित स्थानीय बासिन्दा बोधराज कार्की, रोमबहादुर कार्की, गोकर्ण कार्की, भीमसेन थापा, बलराम कुँवर लगायतले कबुल गरेका पूर्वाधार विकासका काम तत्काल सुरु गर्न आग्रह गरेका थिए । बैठकले थप जग्गा अधिकरणका काम अगाडि बढाउने, निर्माणाधिन विमानस्थल सामानको सुरक्षाका लागि सुरक्षा निकाय खटाउने लगाएका निर्णय समेत गरेको छ ।

Post a Comment

 
Top