0
कतिपय हाम्रै असन्तुष्ट साथीको टिप्पणीले तपाईंहरुलाई अलमल भयो होला, तर प्रस्ताव फिर्ता लिनका लागि पेश गरिएको होइन भन्नेमा प्रष्ट हुनुस्,’ प्रधानमन्त्री दाहालले मोर्चा नेतालाई भने,–‘मधेसी, जनजातिलगायतको माग सम्बोधन गर्नकै लागि यो प्रस्ताव आएको हो । तपाईंहरुका तर्फबाट लचकता र खुला धारणा चाहिन्छ । प्रस्ताव पास गरेपछि चुनाव घोषणा गर्ने हो ।’दाहालको भनाइमा सहमति जनाउँदै सभापति देउवाले संसदीय प्रक्रियामा गइसकेको संशोधन प्रस्ताव अब फिर्ता नलिने दोहोर्रुयाए । स्थानीय तह पुनस्संरचना आयोगले प्रदेश नम्बर २ लगायत अन्य क्षेत्रको संख्या, सीमाबारे मोर्चा नेताहरुले असन्तुष्टि जनाएपछि देउवाले भने,–‘घरैमा बसीबसी स्थानीय तह पुनंसंरचना गर्न मिल्दैन । जिल्ला र गाउमै पुगेर गर्नुप¥यो । जबसम्म अधिकतम सहमति बन्दैन, तबसम्म यहा हामी मात्रै एक्लै अघि बढेर के हुन्छ ?’उनले आयोगको कार्यविधि पहिल्यै मिलाएर नराखिएको भन्दै आलोचनासमेत गरे । मोर्चाका तर्फबाट सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र रामसपा अध्यक्ष शरतसिंह भण्डारीले आयोगको कार्यविधिमा संरक्षित क्षेत्र, विशेष क्षेत्र आदि छुट्याउने काम पनि समेटिएको हुदा हँुदै स्थानीय तहको संख्या निर्धारणमा मात्रै केन्द्रित हुदा समस्या झन् थपिएको धारणा राखे ।  सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले पश्चिममा भइरहेको आन्दोलन कांग्रेस र माओवादीको मिलेमतोमा भइरहेको आरोप लगाउदै आफूहरु पनि विद्रोहमा जाने चेतावनी दिए । मोर्चा नेताहरुको प्रतिक्रिया सुनिसकेपछि प्रधानमन्त्री दाहालले आक्रोशित हुदै जवाफ दिए,–‘तपाईंहरु अनावश्यक आवेशमा नआउनुस् । यो प्रस्ताव कुनै पनि हालतमा फिर्ता हुन्न, स्थगित पनि हुन्न । एमालेले कति दिन आन्दोलन गर्दोरहेछ, संसदमा अवरोध गर्दोरहेछ, म पनि हेर्छु ।’ मोर्चा नेताहरुको कुरा सुनिसकेपछि दाहाल र देउवा दुवैले पुनसंरचना आयोगलाई प्रतिवेदन बुझाउन रोक्ने, राम्ररी तयारी गरेर तोकिएको अवधि फागुन मसान्तभित्र समय लगाएर बुझाउन आग्रह गर्ने निर्णय गरे । कार्य्विधिमै तोकिएको अवधिभित्र थप तयारी गरी स्थानीय जनताको सहमति जुटाउन आयोगले समय लिनुपर्ने भन्दै उनीहरुले आयोगलाई आग्रह गर्ने बताए । प्रतिपक्षी एमालेले संसद अवरोध गरेर संसदीय व्यवस्थाविरोधी काम गरेको दाहाल र देउवाको आरोप थियो । ‘हामीचाहि सडकमा भएको विषयलाई समाधानका लागि संसदमा प्रवेश गराउने, आफूलाई संसदवादी भन्ने एमालेले किन संसदमा लैजान नदिने ?’ देउवाले आक्रोश पोखे ।





Post a Comment

 
Top