0
गोल्डेन न्यूज संवाददाता
संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकारीले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने पश्चिमाञ्चल क्षेत्रका खेलाडीहरु लाई बिदाई गर्दै उनले पोखरा खेलकुदको राजधानी र खेलकुद पर्यटनका लागि सम्भावित क्षेत्र रहेकाले खेलकूद सम्बन्धी केही महत्वपूर्ण योजनाहरु पैसाको कारणले निर्माण कार्य नरोकिने बताए। पोखरा र पोखरा आसपासमा धेरै कवर्डहलहरु निर्माण हुन सके पोखरामा ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने उनले दाबी गरे। पोखराको खेलकूद विकासमा सरकारको भन्दा पोखरेली जनताको माया बढी रहेको स्पष्ट पार्दै सांसद अधिकारीले पोखरामा निर्माण गर्नुपर्ने अन्य खेलकूद संरचनाका लागि आफ्नो तर्फबाट सक्दो पहल र सहयोग हुने प्रतिवद्धता जनाए। उनले १३आंै सागसम्म पोखरा रगंशालाले आप्mनो परिचय बदल्ने समेत बताए । उनले पोखरामा निर्माणाधिन भलिबल प्रशिक्षण केन्द्रका लागि अबको आर्थिक वर्षमा करिब १ करोड रुपैयाँ विनियोजना हुन लागेको जानकारी दिए। उनले पोखरा खेल पर्यटनका हिसावले उत्कृष्ट ठाउँ रहेको भन्दै १३आंै सागमा पोखरामा धेरै प्रतियोगिता संचालन हुने बताए ।
 
पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेलले सरकारले एक प्रतिशतमात्र बजेट खेलकुदमा खर्चिन सके नेपालले सागमा धेरै पदक जित्न सक्ने दावी गरे । खेलकूदको माध्यमबाट नेपालको शिर उच्च हुँदै गएको भएपनि नेपाल सरकारको मन अझै संकुचित रहेको आरोप लगाउँदै सरकारकोतर्फबाट विशेष ध्यान पुग्ने हो भने खेलक्षेत्रमा ठूलो पड्को मार्न सक्ने उनको विश्वास छ। उनले पश्चिमाञ्चल बाट पुरुष फुटवल, भलिवल, तेक्वान्दो, कराँते, सुटिङ, ह्याण्डवल लगायका खेलमा पदकको आशा परेको बताए ।  कराँते लगायतका खेलाडीहरुको टिमलाई बिदाई गरिरहँदा हक्की टिम सहितका अन्य टिमलाइ विदाई कार्यक्रममा समयमै खवर नगरेको भन्दै हक्की संघका उपाध्यक्ष हिमाल खड्काले खेलकूद विकास समितिले आपूmहरुलाई सौतनी व्यवहार गरेको गुनासो गरे । हक्कीका प्रशिक्षक राजेन्द्र पाठकले आफूहरुले राम्रो नतिजा ल्याउने तयारी गर्दा–गर्दै पोखरा रंगशालामा पिउने पानी र शौचालयको टड्कारो समस्या भएको दुःखेसो पोखे । उनले भने–‘पोखरा रंगशालामा भएका केहि शौचालयमा साँचो लगाएको छ, प्रशिक्षणको क्रममा महिलाहरुलाई पिसाव लाग्दा झाडीतर्फ पठाउनु पर्दछ।’ कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले सातांै खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी र तयारी बारे जानकारी दिएका थिए भने सचालन क्षेत्रीय समितिका नायबसुब्बा डिवी नेपालीले गरेका थिए । पुष १५ गतेसम्म संचालन हुने प्रतियोगितामा पश्चिमाञ्चल १६ जिल्लाका उत्कृष्ट ५ सय ४२ जना खेलाडीले ३० वटा विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।  पश्चिमाञ्चल बाट फुटवलका अन्तर्राष्ट्रिय खेलाडी अनिल गुरुङ र भलिवलकी अन्तर्राष्ट्रिय खेलाडी मन्जु गुरुङलाई झण्डा हस्तान्तरण गरि पूर्ण सफलताको कामनाका साथ बिदाई गरिएको छ ।  खेलाडीहरुलाई पश्चिमपृतनाका पृतनापति जगदिश पोखरेल, सशस्त्र प्रहरीका डिआईजी नरेन्द्र कुमार सिंह, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पोखरा उप–महानगरपालिका कार्यालयका कानुनी अधिकृत नारायण शर्मा लगायतले बिदाई गरेका हुन् । खेलाडीहरु बुधबार पूर्वाञ्चल प्रस्थान गर्ने छन् । केही खेलको वन्द प्रशिक्षण पोखरामा भई रहेको छ भने केहि खेलका टिमहरु दुई÷ तीन दिनपछि पूर्वाञ्चलमा जाने भएका छन् ।

Post a Comment

 
Top