0
गोल्डेन न्यूज संवाददाता
पोखरा ट्रेड मल चिप्लेढुङ्गाद्वारा संचालित दशै तिहार मेला बम्पर उपहार कार्यक्रमको बम्पर उपहार कुपन नं. ०८२१७३ का ग्राहकले जितेका छन् । उक्त कुपनका भाग्यमानी ग्राहकले यामाहाको एफजेट मोटरसाइकल उपहार जितेका छन् । शनिबार एक कार्यक्रमबीच बम्पर उपहार सार्वजनिक गरिएको हो ।
गत असोज १५ देखि मंसिर २४ गतेसम्म मलमा सपिङ गर्ने ग्राहकले प्राप्त गरेका करिब ९० हजार कुपनलाई बम्पर उपहारमा सहभागी गराइएको प्रवन्ध सञ्चालक मीनराज काफ्लेले जानकारी दिए । बम्पर उपहार अन्तर्गत नै दोस्रो पुरस्कार यामाहाको स्कुटर कुपन नं. ०७८५०८ का ग्राहकले जितेका छन् । हिराको हार कुपन नं. ००१८४९ का ग्राहकलाई र मलेसियाको हवाइ टिकट कुपन नं. ०३१५०५ का ग्राहकलाई परेको छ । उपहार प्राप्त गर्न सफल कुपनका ग्राहकलाई १५ दिनभित्र ट्रेड मलको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको हो । सशस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्र सिंहको प्रमुख आतिथ्यतामा बम्पर उपहार सार्वजनिक गरिएको हो । उक्त अवसरमा बोल्दै सिंहले ठूला व्यवसायिक कम्प्लेक्समासबै सामान एकै स्थानमा प्राप्त गर्न सकिने भएकाले ग्राहकलाई राहत भएको धारणा राखे ।कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्र प्रजूले ग्राहकलाई लक्षित गरी उपहार योजना ल्याउनु राम्रो काम भएको विचार राखे । मेला अबधिभरमा करिब ९० हजार वटा कुपन ग्राहकले प्राप्त गरेको मलका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए । मेला सुरु भएदेखि मलभित्रबाट करिब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मेला अबधीभर दैनिक र साप्ताहिक उपहार प्रदान गरिएको थियो हालसम्म ५ सय जना ग्राहकले दैनिक उपहार र ९ जना ग्राहकले साप्ताहिक उपहार जितिसकेको मलका सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए ।यस अगाडि साप्ताहिक उपहार अन्तर्गत ३२ ईन्चको टि.भी. हेमजाकी नानु रेग्मी, पोखराकी सम्झना गुरुङ, हिरा माया गुरुङ, पामेका उकेश घलेले, लक्ष्मी लामा र २०० लिटरको फ्रिज पोखराका अश्रित थापा, हेमा गुरुङ, प्रविन गुरुङ र एशिका गुरुङले जितिसकेको मलका सञ्चालक एवं कार्यक्रम संयोजक बासुदेव पराजुलीले बताए । यसैबीच गत साताका उपहार बिजेता लक्ष्मी लामालाई ३२ इन्चको टिभी हस्तान्तरण गरिएको छ ।चाड पर्वलाई लक्षित गरी ल्याइएको बम्पर उपहार कार्यक्रमले मलमा ग्राहकको निकै आकर्षण बढेको कम्पनी सचिव माधव तिमिल्सिनाले बताए । ‘आगामी दिनमा पनि ग्राहकको हितलाई लक्षित गरी विभिन्न कार्यक्रम ल्याउनेछौं,’ उनले भने ।


Post a Comment

 
Top