0
आमा मिलन केन्द्र कास्कीको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भमा शनिबार लैङ्गिक हिंसा विरुद्ध कानूनी सचेतना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  प्रमुख अतिथि संविधान सूचना केन्द्रका संयोजक जुना गुरुङले लैङ्गिक हिंसा विरुद्ध सम्बन्धी बिषयहरुमा के कस्ता कानुनी अधिकारहरु सुरक्षित रहेका छन् भन्ने बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन । विभिन्न टोल विकास संस्था, आमा समूहका पदाधिकारी सहित ३० जनाको सहभागिता रहेको कार्यक्रमका सभापति आमा मिलन केन्द्र, कास्कीका अध्यक्ष इन्दिरा पौडेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युवाहरु सशक्त बनाइ, देश मूल प्रवाहीकरण युवाहरुको अर्थपूर्ण सहभागिता गराउने, लैगिङ्ग हिंसा कसैले पनि नगर्ने प्रतिबद्धता भए मात्र समृद्ध समाजको निर्माण हुनुपर्नेमा जोड दिएका थिए । आमा मिलन केन्द्र कास्की सभाहलमा संचालन भएको कार्यक्रममा उपाध्यक्ष निर्मला घिमिरेले स्वागत तथा कार्यक्रम संचालन आमा मिलन केन्द्र कास्कीका सचिव शर्मिला लम्सालले गरेका थिए । कार्यक्रममा उपस्थित सहभागीहरुले कार्यक्रमबाट आफूहरुमा लैगिङ्ग हिंसा सम्बन्धी कानूनी प्रावधानहरुमा चेतना अभिवृद्धि भएको बताएका थिए ।




Post a Comment

 
Top