0
गोल्डेन न्यूज संवाददाता
सिद्धार्थ क्लव पोखराद्वारा संचालित स्थानीय अधिकार कार्यक्रमले महिला हिंसा बिरुद्धको १६ दिने अभियानको सन्र्दभमा आफ्नो कार्यक्षेत्र सराङ्गकोटमा संयुक्त लालपूर्जा निमार्ण गर्ने जोडीलाई सम्मान गरेको छ ।  भूमिमा महिलाहरुको स्वामित्व स्थापित गरी सम्पत्तिका नाउँमा महिला माथि हुने बिभिन्न खाले हिंसामा कमि ल्याउने उद्देश्यका साथ पोखरा–२६ सराङ्कोटका देब बहादुर सुनार र लक्ष्मी सुनारको जोडीलाई संयुक्त्त लालपूर्जा निर्माण गरेकोमा सम्मान गरिएको थियो ।  उक्त अवसरमा महिला अधिकारकर्मी तथा महिला अधिकार मञ्च केन्द्रिय सदस्य राधा गौतमलाई संयुक्त लालपूर्जा निमार्णका लागि महिलालाई पे्ररित गरेकोमा सम्मानित गरिएको थियो । कार्यक्रममा सिद्धार्थ क्लव पोखराका अध्यक्ष अनिल श्रेष्ठले सामाजिक रुपान्तरणका लागि महिला माथिको हिंसामा कमि आउनुपर्ने बताए। महिला अधिकार मञ्च केन्द्रीय सदस्य राधा गौतमले महिला हिंसा नियन्त्रणका लागि सबै महिला एकजुट हुनुपर्ने बताइन ।  कार्यक्रमका सिद्धार्थ क्लव पोखराका निर्देशक दिलिप दोषिले सिद्धार्थ क्लवले सामाजिक कार्यका लागि लामो समय देखि कार्य गर्दै आएको भन्दै यस्ता कार्यले निरन्तरता पाउने बताए। कार्यक्रममा जिल्ला महिला अधिकार मञ्च, कास्की अध्यक्ष कल्पना ढकालन, पो.उ.म.न.पा २६, सराङ्कोटका वडा सचिव रुद्रप्रसाद बस्ताकोटी, वडा नागरिक मञ्च, संयोजक शारदा पराजुली सिद्धार्थ क्लव स्थानीय अधिकार कार्यक्रम संयोजक देवी थापा लगायतले बोलेका थिए । सराङ्कोटका वडा महिला अधिकार मञ्च, टोल स्थरिय महिला अधिकार मञ्च लगायत बिभिन्न समूहका ६० भन्दा बढीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सराङ्कोट का सामाजिक परिचालक हरि लम्सालले गरेका थिए ।



Post a Comment

 
Top