0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका संघीय मामिला तथा स्थानिय विकासमन्त्री हितराज पाण्डेले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन्। प्रेस सेन्टर कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संविधान संसोधन प्रस्ताव परिर्माजन हुन सक्ने तर फिर्ता नहुने बताए । ‘संविधान कार्यान्वयनका गदै संक्रमणकालको अन्त्यका लागी संविधान संसोधन आवश्यक छ’,उनले भने–‘संविधान संसोधन आवश्यक छ, सरकार फिर्ता लिने सोचमा छैन् तर परिमार्जन गरेर अगाडी बढन् तयार छ ।’ उनले स्थानीय निकाय तहको निर्वाचन आउँदो बैशाखमा गर्ने तयारीमा जुटेको समेत बताए। उनले सरकारको प्राथमिकता संविधान संशोधन सहित कार्यान्वयन, निर्वाचन र सुशासन कायम गर्नु भएको बताउँदै संशोधन अहिलेको आवश्यकता भएको दावी गरे । मधेश, आदिबासी, जनजाती, थारुलाई समेटन संशोधन गर्न लागिएको उनको भनाई थियो । ‘राज्य पुनर्संरचना आयोगले प्रतिवेदन बुझाउने वित्तिकै निर्वाचनको मिति घोषणा हुन्छ, त्यसका लागि मन्त्रालयले तयारी गरिसकेको छ’ उनले भने–‘संविधान कार्यान्वयनका लागी निर्वाचन आवश्यक छ, र पहिला स्थानिय तहकै हुनुपर्छ।’ ‘मन्त्रालय तयारी अवस्थामा छ, आयोगको प्रतिवेदन आउने वित्तिकै गाउँपालिकामा परिणत हुन्छन्, त्यसपछि के गर्ने भन्ने सवै तयारी छ, बैशाख पहिलो हप्ता निर्वाचन हुन्छ’–मन्त्री पाण्डेले भने । उनले आफनो मन्त्रालयले पुर्नरसंरचनाको कामलाई तीव्रता दिएको र अन्तिम चरणमा पुगेको बताए । उनले प्रदेश नम्वर २ बाहेका सवै जिल्लामा ब्यापक छलफल गरिएको बताउँदै २ नम्वर प्रदेशका जनप्रतिनिधि र स्थानीय विकास अधिकारीलाई काठमाडौंमा बोलाएरै छलफल गरिएको र पूनर्संरचना आयोगले प्रतिवेद बुझाउने वित्तिकै निर्वाचनको प्रक्रिया सुरु हुने उनको भनाई थियो । पत्रकार सम्मेलन प्रेस सेन्टर कास्कीका उपाध्यक्ष दिपक परियारको अध्यक्षतामा भएको थियो भने स्वागत केन्द्रीय सदस्य घनश्याम पाण्डे र संचालन सचिव कृष्ण दवाडीले गरेका थिए ।

Post a Comment

 
Top