0
गोल्डेन न्यूज संवाददाता
कास्कीमा सम्पन्न खेलाडी तथा खेलप्रेमीहरुको एक भेलाले ४ नं प्रदेशस्तरीय मदन भण्डारी स्र्पोट्स एकेडेमी कमिटी गठन गरेको छ । कास्कीका विष्णु केसीको संयोजकत्वमा गठित १९ सदस्यीय कमिटीमा ४ नं. प्रदेश जिल्ला एकेडेमीका अध्यक्ष, खेलाडी तथा खेलप्रेमीहरुलाई समावेश गरिएको छ । कमिटीको सदस्यमा ऋषि गौतम (कास्की), देवेन्द्र पाण्डे (पर्वत), अनिल पाण्डे (तनहुँ), सेत पुन (नवलपरासी), प्रेम लामिछाने (वाग्लुङ्ग), नारायण पुन (म्याग्दी), शान्ति बस्नेत (गोर्खा), विवस वुढाथोकी (लमजुङ्ग), केशर क्षेत्री
(स्याङ्गजा), हिमाल सिंह ठकुरी
(नवलपुर), कुमार थिङ्ग (कास्की), विमल गुभाजु (कास्की), लोकेन्द्र आले (स्याङ्गजा), इमान थापा
(तनहुँ), केशव पाठक
(पत्रकारिता) र अन्जु केसी
(महिला) बाट रहेका छन् ।
भेलालाई संवोधन गर्दै एकेडेमीका अध्यक्ष एवं सभाषद विनोद श्रेष्ठले एकेडेमी खेलकुद र खेलाडीहरुको विकासमा कार्यरत स्वतन्त्र संस्था रहेको बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा नै ख्याती कमाएका मदन भण्डारीको नाममा स्थापित एकेडेमीले सबैका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै अगाडि वढेको बताए । उनले भने–“खेलकुदको गलत नीतिका कारण प्रशिक्षकहरु काम नपाउने तथा राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी नाङ्गो खुट्टा खेल्नु पर्ने वाध्यताको अन्त्य हुन आवश्यक छ ।” अध्यक्ष श्रेष्ठले एकेडेमीले अव चाँडै नै स्पोर्ट्स साइन्स अध्ययन गर्न चाहनेका लागि कार्य गरिरहेको तथा एकेडेमीको आठौं दिवसको स्थापना कार्यक्रम पछि एक गाउँ एक खेलकुद मार्फत खेलकुद विकासका लागि अग्रसर रहने बताए । उक्त अवसरमा नेकपा एमाले पोलिटव्युरो सदस्य गणेश तिमिल्सिनाले मदन भण्डारीका नाममा हुने सम्पूर्ण गतिविधि र कार्यहरुको उचित संरक्षण र संवद्र्धन आवश्यक रहने औंल्याए । उनले खेलक्षेत्र र खेलाडीको विकासका लागि ठोस कार्य योजनाका साथ एकेडेमी अगाडि वढनु पर्ने सुझाव समेत दिए । कार्यक्रममा नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य मानवहादुर जिसी, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय सदस्य राजेश गुरुङ्ग, कास्कीका अध्यक्ष ऋषि गौतम लगायतले वोलेका थिए । कार्यक्रम स्र्पोट्स एकेडेमीका केन्द्रीय उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा भएको थियो ।





Post a Comment

 
Top