0
गोल्डेन न्यूज संवाददाता
जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालय कास्कीले जिल्लामा भूकम्पका कारण प्रभावित १३ हजार एकसय पाँच घरपरिवारको लगत सङ्कलन गरी केन्द्रीय तथ्याङ्क विभागमा पठाएको छ । जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यक्रम संयोजक जग्गुलाल बस्यालका अनुसार सङ्कलित लगत केन्द्रीय तथ्याङ्क विभागबाट प्रमाणीकरण गरी भूकम्पपीडितको आधिकारिक सूची तयार गरिनेछ । राहत एवम् पुनःनिर्माण सहयोगका लागि सूचीका आधारमा यही पुस १३ गतेदेखि केन्द्रस्तरबाट खटिने तालिम प्राप्त इन्जिनियर र स्थानीय सामाजिक परिचालकको टोलीले स्थलगत अवलोकन गरी क्षतिका आधारमा बस्न हुनेदेखि पुनःनिर्माण गर्नुपर्नेसम्मका कुरा निक्र्यौल गर्नेछ । यसैबीच, भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरण, अनुदान सम्झौता लगायतका विषयमा छलफल गर्न जिल्ला समन्वय समिति, कास्कीको बैठक बसेको थियो ।  बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सदस्य डा चन्द्रबहादुर श्रेष्ठ, सांसद शारदा पौडेल, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी बलराम ढकाल लगायतको उपस्थिति रहेको थियो । बैठकमा भूकम्पपीडितको लगत सङ्कलन लगायतका विषयमा जानकारी लिँदै प्राधिकरणका सदस्य डा श्रेष्ठले सङ्कलित लगत प्रमाणीकरण भइसकेपछिको पुनःनिर्माण कार्यविधि बारे जानकारी गराएका थिए। सांसद शारदा पौडेलले भूकम्पपीडित परिवारले यथाशक्य चाँडो पुनःनिर्माण लगायतमा सहयोग पाउने किसिमबाट कामलाई तीव्रता दिनुपर्नेमा जोड दिएकी थिइन ।




Post a Comment

 
Top