0
गोल्डेन न्यूज संवाददाता
बगर भाइखलकद्वारा आयोजित छैटौं भेट्रान फुटवल प्रतियोगितामा आदिवासी भेट्रान काठमाडौंले बिजयी शुरुवात गरेको छ । बुधवार देखि पोखराको टुँडिखेल मैदानमा शुरु प्रतियोगितामा लेकसाइड भेट्रानलाई २–० गोलले पराजित गर्दै विजयी शुरुवात गरेको हो । खेलमा आदिवासीको तर्फबाट जर्सी नम्बर २ का लाल बहादुर लिम्बुले दुइ गोल गरेका थिए । उक्त खेलमा आदिवासीकै लालबहादुर लिम्बु म्यान अफ दी म्याच घोषित भए ।  त्यसैगरी दोश्रो खेलमा नेपाल विद्युत प्राधिकरण पोखरा शाखालाई १–० गोल अन्तरले पराजित गर्दै दीप युनाइटेड अघिल्लो चरणमा प्रवेश ग¥यो । खेलमा दीप युनाइटेडका जसी नं. ७ का कृष्ण बहादुर गुरुङले गरेको एक गोलनै निर्णायक गोल हुन पुग्यो । उक्त खेलमा दीप युनाइटेडका जर्सी नम्बर ११ का सुशिल गौतम म्यान अफ दी म्याच घोषित भए ।  प्रतियोगिता अन्तर्गत बिहीबार ६ खेल हुने भएका छन् । जसमा पहिलो खेल बगर भाइखलक बी र बुटवल भेट्रान बीच हुनेछ, दोश्रो खेल मौजा मोहोरिया कास्की र बुटवल भेट्रान बुटवल सोशाइटी भेट्रान, तेश्रो खेल लायन्स क्लव अफ मुनाल पोखरा र मनाङ मस्र्याङ्दी, चौथो खेल एबीसी पोखरा र वीरगञ्ज युनाइटेड सिटी, पांचौ खेल नखीपोट ललितपुर र रोटरी क्लव अफ मकवानपुर हेटौडा र अन्तिम खेल हेम्जा भेट्रान र कलव मोसिस बीच हुने आयोजकले जनाएको छ । २१ टीम सहभागी प्रतियोगितामा प्रथम हुने टीमले ७५ हजार, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितीय हुने टीमले ५० हजार नगद, ट्र«फी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगिताको उद्घाटनका अवसरमा पूर्व खेलाडी दक्ष बहादुर गुरुङलाई सम्मान गरिएको थियो । प्रत्येक वर्ष गरिंदै आएको खेलाडी सम्मान अन्तर्गत यो वर्ष पुर्व राष्ट्रिय खेलाडी दक्षबहादुर गुरुङलाई ताम्रपत्र, दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो । प्रतियोगितामा प्रमुख अतिथि प्रध्यापक डाक्टर वीरेन्द्र सिंङ गुरुङ, बगर भाइखलक युकेका सदस्य गोर्खा मेजर खुसीमान गुरुङ, पूर्व खेलाडी शम्भु कार्की बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङ लगायतले सम्मान गरेका थिए ।





Post a Comment

 
Top