0
थकाली समुदायमा प्रचलित तारा खेल प्रतियोगिता शुक्रबारदेखि पोखरामा सुरु भएको छ । पोखराको थकाली सेवा समाजद्वारा आयोजित स्व. अमरसिंह लालचन स्मृति तारा खेल रनिङ्गसिल्ड प्रतियोगिताको शुक्रबार बाणिज्य मन्त्री रोमी गौचन थकालीले उद्घाटन गरे । तारा खेलको पहिलो रनिङ्गसिल्ड एबं सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितामा देशका विभिन्न जिल्लाका १३ टिम सहभागी छन् । ६ दिन सम्म चल्ने प्रतियोगितामा कास्की सहित मुस्ताङ, बेनी, काठमाडौं तथा वुटवलको टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले ७६ हजार, दोस्रो हुनेले ३५ हजार तथा तेस्रो हुने टिमले १८ हजार रुपैया, सिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।त्यस्तै प्रतियोगिताको बिशिष्ट धनुषधर र सर्बश्रेष्ठ धनुषधरलाई जनही पाँच हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक गोविन्द ज्वारचनले जानकारी दिए ।


Post a Comment

 
Top