0
गोल्डेन न्यूज संवाददाता
प्रधानन्यायाधीश सुशीला कार्कीले सबैलाई समान न्याय दिनुपर्नेमा जोड दिएकी छन् । उनले न्याय पहुँचका आधारमा होइन, प्रमाणका आधारमा हुनुपर्ने बताइन् । पोखरा उच्च अदालत बार एशोसिएसन र जिल्ला बारद्वारा शुक्रबार आयोजना गरिएको स्वागत एवं अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले अदालतको लागि योग्य र सक्षम न्यायाधीश नियुक्ति गर्न आफूले पहल गरिरहेको पनि बताइन् । न्याय परिषद्का अध्यक्ष समेत रहेकी कार्कीले भनिन्–‘आफ्नो मान्छे कोही नभएको तर सबै तपाईहरु नै मेरो मान्छे हो । मैले अदालतलाई भार नपर्ने योग्य र सक्षम नियुक्ति गर्नेछु ।’ जनतालाई छिटो छरितो र सर्वसुलभ न्याय दिन आफ्नो पहल भैरहेको भन्दै कार्कीले अदालतमा १ घण्टाभित्र सेवा दिनुपर्छ भन्ने भावनालाई कानुन व्यवसायीबाट नै विरोध भएको टिप्पणी गरिन् । नेपालको न्यायपालिकामा राजनीतिक हस्तक्षेप हुने भएकोले राजनीतिक तहबाट स्पष्ट भिजन अभावले न्यायपालिकालाई अप्ठ्यारो परेको भन्दै उनले भनिन्, यस्तो प्रवृत्ति तपाई हामीले चिरेर जानुपर्छ । उनले बार र बेञ्च परिपूरक भएको बताइन् । उनले अदालतभित्र भ्रष्टाचार चल्छ भन्ने कानुन व्यवसायी नै टेबुल मुनिबाट काम गर्ने गरेको टिप्पणी गरिन । कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले न्याय दिएको अनुभूति हुनुपर्छ भन्दै जनता केन्द्रित न्यायका लागि बार र बेञ्च एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण थापाले शम्भु थापा र कनकमणि दीक्षितको जस्तो न्याय नेपालका आमनागरिकलाई हुनुपर्नेमा जोड दिइन् । पोखरा उच्च अदालत बार एशोसिएसनका अध्यक्ष दयाराम गौतमले कानुन व्यवसायीका समस्या अदालतले सम्बोधन गर्नुपर्ने बताउँदै न्यायाधीश नियुक्ती र वरिष्ठ अधिवक्ताको वर्गीकरणमा पोखराको पनि उचित प्रनिधितित्व हुनुपर्नेमा जोड दिइन । कार्यक्रममा जिल्ला वारका अध्यक्ष सोमबहादुर श्रेष्ठ, पोखरा उच्च अदालत बार एशोसिएसनका सचिव शिवराज वाग्लेले पनि बोलेका थिए । उता, प्रधानन्यायाधीश कार्कीले उच्च अदालत पोखराका कर्मचारीलाई निर्देशन दिँदै जनताको काम छिटो छरितो र मित्रभावबाट दिनुपर्ने बताइन् । कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी, सर्वोच्च अदालतका रजिष्टार श्रीकान्त पौडेलले पनि बोलेका थिए । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्ण थापाले शम्भु थापा र कनकमणि दीक्षितको जस्तो न्याय नेपालका आमनागरिकलाई हुनुपर्नेमा जोड दिइन । पोखरा उच्च अदालत बार एशोसिएसनका अध्यक्ष दयाराम गौतमले कानुन व्यवसायीका समस्या अदालतले सम्बोधन गर्नुपर्ने बताउँदै न्यायाधीश नियुक्ती र वरिष्ठ अधिवक्ताको वर्गीकरणमा पोखराको पनि उचित प्रनिधितित्व हुनुपर्नेमा जोड दिइन । कार्यक्रममा जिल्ला वारका अध्यक्ष सोमबहादुर श्रेष्ठ र पोखरा उच्च अदालत बार एशोसिएसनका सचिव शिवराज वाग्लेले पनि बोलेका थिए । यसैबीच, प्रधानन्यायाधीश कार्कीले उच्च अदालत पोखराका कर्मचारीलाई निर्देशन दिँदै जनताको काम छिटो छरितो र मित्रभावबाट दिनुपर्ने बताइन् । उनले झगडीयाका रुपमा नभै सेवाग्राहीको रुपमा अदालत प्रवेश गर्नेलाई हेर्नुपर्ने बताइन् । कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी, सर्वोच्च अदालतका रजिष्टार श्रीकान्त पौडेलले पनि बोलेका थिए ।

Post a Comment

 
Top