0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले संविधान संशोधनको विधेयकलाई तत्काल थाति राखेर नयाँ समझदारी खोज्नुपर्ने बताएका छन् । पोखरामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले संशोधन विधेयकका केहि दफाहरु राष्ट्रिय हितमा नरहेकाले निर्वाचनको बाताबरण बनाउन यो विधेयकलाई यथास्थितिमा राखेर सबै पक्षका विचमा नयाँ समझदारी कायम गर्नुपर्ने बताए ।  यद्यपि उनले एमालेप्रति लक्षित गर्दै बिधेयकलाई प्रस्तुत गर्न नदिने ढंगले संसद अबरुद्ध गर्ने काम प्रजातान्त्रीक मूल्य र मान्यता अनुसार उपयुक्त नभएको समेत बताए । पार्टी एकिकरणपछि स्वभाविक रुपमा आफ्नो दल सरकारमा रहेपनि नयाँ मन्त्री थप गर्ने वा नगर्ने भन्ने बारे सत्तारुढ प्रमुख घटक कांग्रेस, माओबादी केन्द्र र प्रधानमन्त्रीले गर्ने ब्यवहारमा भर पर्ने उनले स्पष्ट पारे ।  पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शमसेर जवराले सरकारले संसदमा संसोधनका लागि प्रस्तुत गरेको विधेयकमा उल्लेख दुई वटा दफामा असहमति जनाए । अंगिकृत नागरिकलाई अरु नागरिक सरह अधिकार दिने ब्यवस्था र घुमाउरो पाराले जुनसुकै भाषा सरकारी कामकाजको भाषा हुनसक्ने बुदा स्विकार्य नभएको उनले टिप्पणी गरे । पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहोनीले पाँच नम्बर प्रदेश टुक्राउने विषयमा सरकारले गरेको निर्णय बारे औचित्य पुष्टी नभएसम्म विवाद कायमै रहने बताए। राष्ट्रिय प्रजातन्त्र पार्टी स्थानीय निकायको नभई स्थानिय तहको निर्वाचनका पक्षमा रहेको तीनै जना नेताहरुले प्रष्ट पारेका छन् । अध्यक्षमा पुनः पुन राप्रपा नेपाल र राप्रपा एकीकरण भएपछि जयलाल पुनको अध्यक्षतामा राप्रपा कास्की जिल्ला शाखाको नयाँ कार्यसमिति गठन गरिएको छ । कार्यमितिको अध्यक्षमा जेवी कुँवर, सहअध्यक्षमा नारायण गुरुङ, उपाध्यक्षद्वयमा अर्जुनबहादुर बस्नेत र नरहरि तिमिल्सिना रहेका छन् भने पार्टी प्रवक्तामा सूर्य बाँस्तोला, सचिवमा गणेशबहादुर ढकाल, सह–सचिवमा असिलकुमार शाही र महेश्वर आचार्य, कोषाध्यक्षमा रञ्जन सेन पौडेल, सहकोषाध्यक्षमा युद्धबहादुर कोइराला रहेका छन् ।  यसअघि दुवै पार्टीका कार्य समिति सदस्यलाई नयाँ कार्यसमितिमा यथावत् राखिएको प्रवक्ता सूर्य बाँस्तोलाले जानकारी दिए ।






Post a Comment

 
Top