0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. २५, पुम्दीकोटमा निर्माण हुन लागेको विशाल महादेवको मूर्ति बनाउने अभियानलाई सफल पार्न उक्त योजनालाई राष्ट्रिय योजनामा पार्न स्थानीयले जोडदार माग गरेका छन्। पोखरा उप–महानगरपालीका वडा नम्बर २५ को आईतबार वडा कार्यालयमा भएको आर्थिक बर्ष २०७४÷०७५ को वडा स्तरीय योजना तर्जुमा गोेष्ठीमा वोल्ने स्थानीय नेता तथा जनताहरुले उक्त माग गरेका हुन । साथै उनीहरुले वडाका योजनाहरु पोखरा उप–महानगरपालिका कार्यालयको ढिलासुस्तीले गर्दा प्रभावित हुन लागेको गुनासो समेत गरेका छन । मुख्य तीन पार्टीहरुको प्रतिनिधित्य गर्दै माओबादी केन्द्र पोखरा–२५ (पुम्दी भुम्दी ) का अध्यक्ष नवराज बरालले प्राविधिक समस्या, समयमै नगरपालिकाबाट प्राविधिकहरु नआउने, समय समयमा सर्भे नगर्ने, योजनाहरु कार्यान्वयन गर्ने समयमा सम्झौता गर्न आनाकानी गर्ने, नगरपालीकाका प्रमुखलाई भेट्न महिनौं कुर्नु पर्ने लगायतका समस्याहरु भएकोले भएका योजनाहरु प्रभावकारी ढंगले हुन नसकेको उनले बताए। पुम्दीकोटमा निर्माण हुन लागेको महादेवको विशाल मूर्ति निमार्ण गर्ने अभियानमा वडा नम्बर २५ बाट राष्ट्रिय योजनामा पार्न आफूहरुले पहल गर्ने उनले बताए । कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्ति पोखरा उपमहानगरपालिका नगर संयन्त्रका सदस्य बजीरमान श्रेष्ठले पोखरा–२५ का राम्रो योजनाहरुलाई आफूहरुले अनुमोदन गर्ने प्रतिवद्धता जनाउदै आफ्नो क्षेत्रमा आवश्यक योजनाहरु राम्रोसंग छनौट गर्न सुझाव दिए ।
 
पोखरा उपमहानगरपालिका कार्यालयका बरिष्ठ ईन्जिनियर शारदामोहन काफ्ले पोखरा–२५ मा प्राविधिकहरुको समस्या भए त्यसलाई राम्रो व्यवस्था मिलाउने वचन दिए । पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण उपभोक्ता एवं पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष चन्द्रकान्त बरालले पोखरा क्षेत्रको मात्र नभई प्रदेश नम्बर ४ र नेपालकै पर्यटनको गन्तव्य वनाउने अभियानका लागि पुम्दीकोटमा महादेवको मूर्ति वनाउने लक्ष्यसहित राष्ट्रिय योजनामा पार्नुपर्ने माग गरे। उक्त अभियान सफल पार्न यसै बर्ष महायज्ञ समेत आयोजना हुने तयारी सुरु हुन लागेको उनले बताए । पोखरा–२५ का वडा महिला समन्वय समितिका अध्यक्ष बुद्धिमाया गुरुङ, सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रकला बराल लगायतले महिला तथा वालवालीकाहरुको हितमा हुने गरी केहि योजनाहरु छनौट गर्न आग्रह गरे । पोखरा उपमहानगरपालिका वडा नम्बर २५ का वडा सचिव रामबहादुर पौडेलले धेरै योजनाहरु आएकोले योजना छनौट गर्न केही दिन लाग्ने बताए । स्थानीय मुख्य तीन पार्टीका प्रतिनिधि, महिला समन्वय समितिका अध्यक्ष बुद्धिमाया गुरुङ र वडा नागरिक मञ्चका अध्यक्ष निर्मला गुरुङले योजना छनौट गर्ने भएको पौडेलले बताए । पोखरा–२५ मा एक बर्षमा करिब एक करोड मूल्य बराबरका योजनाहरु पर्ने गरेका छन् ।
परम्परादेखि महिलाहरुको महान पर्व हरितालिका तीज पर्व र महाशिवरात्रिको दिनमा विशेष पूजा हुने गरेको सो क्षेत्र पर्यटकीय दृष्टिले आफैमा रमणीय भएकोले गर्दा सो क्षेत्रको धार्मिक सहित पर्यटन प्रवद्र्धन गर्ने अभियान स्वरुप उक्त मूर्ति स्थापना गरीने अभियानमा आफूहरु जुटेको समितिका अध्यक्ष बरालले बताए ।
पुम्दीकोटको बृहत योजना ५ बर्षको भएको बताएका संयोजक बरालले उक्त योजना सफल पार्न करिब २१ करोड रुपैयाँ लागत लाग्ने बताए ।






Post a Comment

 
Top