0
गोल्डेन न्यूज संवाददाता
निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल, कास्की (एन प्याब्सान) को आयोजना ११ औ एन प्याब्सान खेलकुद महोत्सव जारी छ। बुधबार भएको छात्र बास्केटबलतर्फ कास्की मोर्डनाइज्ड एकेडेमी, अक्सफोर्ड स्कूल, ज्ञानज्योति विद्याकुञ्ज स्कूल, न्यू ग्यालेक्सी मावि विजयी भएका छन्। त्यसैगरी छात्रा तर्फको बास्केटबल प्रतियोगितामा हार्वड एकेडेमी, न्यू ग्यालेक्सी मावि र पुष्पसदन एकेडेमी विजयी भएका छन्। त्यस्तै भलिबल छात्र तर्फ सनराइज प्रिपाराटोरी, कास्की मोर्डनाइज्ड, विरेन्द्र मेमोरियल, अञ्जुली बोर्डिङ स्कूल, मर्निङग्लोरी हेम्जा बोर्डिङ स्कूल, हार्वड एकेडेमी, अक्सफोर्ड बोर्डिङ विजयी भएका छन् भने छात्रा भलिबल तर्फ सिद्धार्थ लवडेल, सनराइज प्रिपाराटोरी, ज्ञानज्योति विद्याकुञ्ज, नेशनल क्रियाशन एकेडेमी, एल.पी देवकोटा र गोर्खा स्कूल विजयी भएका छन्। बुधबार नै भएको छात्र फुटबलको क्वाटरफाईनल प्रतियोगितामा पुष्पसदन एकेडेमीले युनिभर्स बोर्डिङ स्कूललाई टाईब्रेकरमा ४–२, अक्सफोर्ड स्कूलले साईनिङ स्टारलाई ३–१, मर्निङग्लोरीले हेम्जा बोर्डिङलाई टाईब्रेकरमा ४–२ ले पराजित ग¥यो। छात्रा तर्फ सेभेन ए साईडको क्वाटरफाईनलमा हेम्जा बोर्डिङ स्कूलले डायमण्ड मोडेललाई टाईब्रेकरमा २–१, पुष्पसदनले ज्ञानज्योति विद्याकुञ्जलाई १–० र गोर्खा बोर्डिङ स्कूलले चिल्ड्रेन्स एकेडेमीलाई टाइब्रेकरमा ३–२, कास्की मोर्डनाइज्ड एकेडेमीले सिद्धिबिनायक बोर्डिङ स्कूललाई १–० ले पराजित ग¥यो। छात्र ह्याण्डबलतर्फ चिल्ड्रेन्स एकेडेमी, सिद्धार्थ लभडेल, साइनिङ स्टार, कास्की मोर्डनाइज्ड, त्रिवेणी पब्लिक, युनिभर्स बोर्डिङ स्कूल, गोर्खा बोर्डिङ स्कूल, ज्ञानज्योति विद्याकुञ्ज, कान्तिपुर विजयी भएका छन्। लङजम्प छात्रा तर्फ कास्की मोर्डनाइज्डकी कुश्मा गुरुङ प्रथम, अल्फा एकेडेमीकी पुजा राइभाट द्वितीय र एल.पी देवकोटाकी सृजना आचार्य तृतीय भए। यस्तै आठ सय मिटर फाइनल छात्रातर्फ त्रिवेणी पब्लिककी कुशलता रानाभाट प्रथम, कास्की मोर्डनाइज्डकी बिनिशा पुन मगर द्वितीय, रत्नज्योतीकी रबिशा विक तृतीय भए। आठ सय मिटर फाइनल छात्र तर्फ त्रिवेणी पब्लिकका बिबेक अधिकारी प्रथम, सनराइज प्रिपाराटोरीका बिशाल बस्नेत द्वितीय र चिल्ड्रेन एकेडेमीका त्रिभुवन केशरी तृतीय भए। सटपुट छात्रातर्फ शान्तिबाटिकाकी सगुन थापा प्रथम, लिटिल फ्लावरकी मिना लामा द्वितीय, मर्निङग्लोरीकी स्वस्तिका अधिकारी तृतीय भए। ज्याभलिन थ्रो छात्र सिनियर तर्फ मर्निङग्लोरीका सुरज केसी प्रथम, कास्की मोर्डनाइज्डका रविन गुरुङ द्वितीय, र हार्वड एकेडेमीका कुशुम आलेले तृतीय भए।  हाइजम्प छात्र जुनियरतर्फ सनराइज प्रिपाराटोरीका योगेश रानामगर प्रथम, हेम्जा बोर्डिङका नविन सुनार द्वितीय र कास्की मोडनाइज्ड एकेडेमीका सुजन सिरिष तृतीय भए। महोत्सव १७ गते समापन हँुदैछ।

Post a Comment

 
Top