0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चलको उत्कृष्ट डेरी उद्योग सुजल डेरी प्रा.लि. को “सफल दूध” विगत ११ वर्ष देखि पोखराको औद्योगिक क्षेत्रबाट उत्पादन तथा विक्री वितरण हँुदै आएको छ । सुजल डेरी प्रा.लि. ले आफ्नो उत्पादनमा सफल दूधको नयाँ नारा अघि सारेको गरेको छ। सुजलको नयाँ नारा “थोपा–थोपामा पौष्टिकताको विश्वास रहेको छ। साथै सफल दूध अत्यन्त पोषिलो र स्वादिलो भएकाले सबैले ढुक्कसँग पिउन कम्पनीले आग्रह गरेको छ । सुजलको स्याण्डर्ड, गोल्ड र होल गरी तीन प्रकारको दूध आधा लिटरमा बजारमा उपलव्ध छ । नेपालका विभिन्न स्थानबाट दूध संकलन गरि अन्तर्राष्ट्रिय स्तरको मेसिनबाट प्रशोधित गरेरमात्र बजारमा ल्याउने गरेको उद्योगको बजार व्यवस्थापन विभागले जनाएको छ । डेरीको बजार व्यवस्थापन विभागका अनुसार सफल दूध पौष्टिकताले भरिपूर्ण छ । सफल दूधमा बलियो पुष्ट शरीरका लागि आवश्यक पर्ने क्याल्सियम, रोगसंग लड्ने क्षमताका लागि भिटामिन, मांसपेसी मजबूत बनाउनका लागि प्रोटिन, शारीरिक तथा मानसिक विकासका लागि मिनरल्सका साथै शक्ति तथा स्फूर्तिका लागि क्लोरी प्रचूर मात्रामा पाइने कम्पनीको दावी छ । आइएसओ मापदण्ड प्राप्त सुजल डेरीले सफल दूधका साथै दही, घ्यू, आइसक्रिम, बटर, सफलपनिर, क्रिम र स्मार्ट फ्लेवरड मिल्क उत्पादन गर्ने गर्दछ ।

Post a Comment

 
Top