0
गोल्डेन न्यूज संवाददाता
कास्कीका नवनियुक्त जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई स्वागत एवं अभिनन्दन गरिएको छ । कास्कीको भलाममा जन्मेर सोही स्थानको महेन्द्र मा.वि.मा विद्यालय शिक्षा पूरा गरी काठमाडांै लगायत नेपालका धेरै जिल्लाहरुमा जिल्ला शिक्षा अधिकारीका रुपमा कार्यभार सम्हाली कास्की जिल्लामा सरुवा भई आएका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई बुधवार अभिनन्दन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबिलास पौडेल र प्रधानध्यापक विष्णुबहादुर खत्रीले जिशिअ गौतमलाई ढाकाटोपी, मखमली फूलको माला र अबीर लगाई गौतमलाई अभिनन्दन गरेका थिए ।
यसअघि जिशिअ गौतमले सरस्वतीको मन्दिर बुधवार शिलान्यास गरेका थिए । उक्त मन्दिरको निर्माण स्थानीय शिक्षाप्रेमी अर्जुनबहादुर पौडेलको निजी लगानीमा बन्ने कुराको जानकारी दिइएको थियो । कार्यक्रममा बोल्दै जिशिअ गौतमले आफू पढेको विद्यालयमा आएर आफ्नै गुरुहरु, सहपाठीहरु रहेको कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुका बीच यत्रो सम्मान पाउँदा हर्षविभोर भएको बताएका थिए । राम्रो काम गरे सबै ठाउँमा प्रिय बन्न सकिने र असल शिक्षा उच्च तहसम्म लिन पाए देशको लागि धेरै योगदान दिन सक्ने कुरा बताएका थिए ।  जिशिअ गौतमले शिक्षाको लागि महेन्द्र मा.वि. उपयुक्त स्थान भएको र पूर्वाधार निर्माणमा विद्यालय लागिपरेको हुँदा आफ्नो तर्फबाट पनि सकेसम्म केही गरौं भन्ने लागेको तर पहिल्यै घोषणा गरेर भन्दा नगरेरै आफूले शिक्षा लिएको विद्यालयको विकासमा टेवा पु¥याउन मन लागेको खुलासा गरेका थिए । विद्यालयमा पुस्तकालय स्थापना गर्न आफू लागिपर्ने कुरामा जिशिअ गौतमले प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै शिलान्यास भएको सरस्वती मन्दिर निर्माण गरिदिने प्रतिवद्धता जनाएका स्थानीय शिक्षाप्रेमी अर्जुनबहादुर पौडेल विद्यालयमा सरस्वतीको मन्दिर नभएको र विद्यार्थीमा शैक्षिक भावना जगाउन सरस्वतीको मन्दिर आवश्यक भएको बताएका थिए । सहायक प्रअ कालीप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा संस्थापक प्रअ विश्वराज पौडेल, प्रअ विष्णुबहादुर खत्री, शिक्षक प्रतिनिधि डिल्लीराम देवकोटा लगायतले बोलेको कार्यक्रमको संचालन शिक्षक वामदेव पौडेलले गरेका थिए ।

Post a Comment

 
Top