0
गोल्डेन न्यूज संवाददाता
छ्रैठांै एसओएस बगर भाइखलक भेट्रान फुटवलको उपाधि सिएमजी काठमाडांैले जितेको छ । सिएमजीले नगद ७५ हजार रुपैयाँ नगद पुरस्कार, रनिङ शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । आइतबार टँुडिखेल मैदानमा सम्पन्न फाइनल खेलमा सिएमजीले नाइटकिंग सानो गौचरणलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो ।  खेलको पहिलो हाफको शुरुवातमा नाइट किंगका आकाश गुरुङले फ्री किकमा गोल गर्न सफल भएका थिए भने दोश्रो हाफको अन्तिम समयमा सिएमजीका विजय गुरुङले पेनाल्टी मार्फत गोल फर्काउँदै खेल बरावरीमा ल्याएका थिए । निर्धारित समयमा खेल बरावरीमा सकिएपछि ट्राइबेकरमा सिएमजीको तर्फबाट संजीव वैद्य, कल्याण खड्गी र चेतनारायण श्रेष्ठले १÷१ गोल गरेका थिएभने नाइट किंग सानो गौचरणको सरोज थापा र निमा लामाले १÷१ गोल फर्काएको भएतापनि मनु गौतमको गोल किपरले रोकेपछि सिएमजीले उपाधी हात पारेको थियो ।  प्रतियोगितामा नाइट किंग सानो गौचरणले उपबिजेता सहित गगद ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगितामा सि एम जी काठमाण्डौका संजीत कुमार बैद्य म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी सानो गौचरणका खेलाडी निमा लामा घोषित भए भने उत्कृष्ट गोल कर्ता सिएमजी काठमाडांैका चेत नारायण श्रेष्ठ भए प्रतियोगिता अवधिभर श्रेष्ठले ४ गोल गर्न सफल भए । त्यस्तै अनुशासित टीम आदिवासी भेट्रान क्लव काठमाडांैले हात पा¥यो । प्रतियोगिताका विजयी टीम र खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कमल सिंह बम, प्रथम पुरस्कार प्रायोजक सरोज गुरुङ मिकी हङकङका वुवा बिर वहादुर गुरुङ, दोश्रो पुरस्कार प्रायोजक जापान भिमकाली पाटनका प्रतिनिधि, बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।


Post a Comment

 
Top