0
गोल्डेन न्यूज संवाददाता
वन तथा भू संरक्षण राज्यमन्त्री दीर्घराज भाटले राज्य सञ्चालनका संयन्त्रमा पदासिन हरेक व्यक्ति सामथ्र्यवान हुनुपर्ने बताएका छन् । राज्यमन्त्री भाटले देशमा राजनीतिक अस्थिरता रहे तापनि सामथ्र्य भएको व्यक्ति कहिल्यै ओझेलमा नपर्ने बताए । काठमाडौंमा बसेर टिकटका लागि खर्च गर्नेले टिकट नपाएका बेला पार्टीले आफूलाई घरमै टिकट पठाएको र कैलाली क्षेत्र नं. ५ बाट झण्डै आठ हजार मतको फरकले निर्वाचन जितेको स्मरण गर्दै भाटले हाल राज्यले दिएको दायित्व इमान्दारीताका साथ पूरा गर्ने बताए । उनले सही र गलत के हो त्यसको पहिचान गरी आफ्नो क्षेत्रको काममा निरन्तर लाग्ने बताए । भाट समाज नेपालले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा राज्यमन्त्री भाटले उक्त कुरा बताएका हुन् । पूर्व सभामुख तारानाथ रानाभाटले आगामी जातीय पहिचानको नेतृत्व तथा अभिलेखी करणका लागि युवा पुस्तालाई परिचालन गर्न आवश्यक रहेको बताए। नेपाल महिला संघका अध्यक्ष कोपिला रानाभाट, भाट समाजका केन्द्रीय महासचिव हरिबहादुर रानाभाट, सल्लाहकार चिनबहादुर रानाभाट, नेपालहरि रानाभाट, भाट समाज क्षेत्रीय भवन निर्माण समितिका संयोजक ठाकुरप्रसाद रानाभाट, पश्चिम क्षेत्रीय अध्यक्ष श्रीबहादुर रानाभाट, तनहुँ जिल्ला अध्यक्ष मुरारी रानाभाट, उपाध्यक्ष तारा रानाभाट, कास्की जिल्ला अध्यक्ष रमेश रानाभाट लगायतले बोलेका थिए ।  केन्द्रीय अध्यक्ष बाबुराम रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजेन्द्र रानाभाटले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन पश्चिम क्षेत्रीय सचिव बलराम रानाभाटले गरेका थिए । यसैबीच वन तथा भू–संरक्षण राज्य मन्त्री दीर्घराज भाटले कास्की र स्याङ्जाका वन तथा भू–संरक्षण कार्यालयहरुको निरीक्षण गरेका छन् । शनिबार पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय र जिल्ला बन कार्यालयका प्रमुखहरु संग कार्यालयको गतिविधि, समस्याहरुको वारेमा जानकारी लिदैं जनताको पक्षमा कार्य गर्न निर्देशन दिएका हुन् ।  राज्यमन्त्री भाटले क्षेत्रीय निर्देशनालयका प्रमुख धनन्जय पौडेल र जिल्ला बन कार्यालयका प्रमुख केदार वराललगायत कर्मचारीहरुलाई देश र जनताको पक्षमा कार्य गर्दा कुनै समस्या परेमा सिधा आफूलाई फोन गर्न समेत निर्देशन दिएका थिए । राज्य मन्त्री भाटले आईतबार स्याङ्जा जिल्लाका वन कार्यालय तथा भू–संरक्षण कार्यालयको जानकारी लिंदै राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने, कामचोर र भ्रष्ट कर्मचारीलाई दण्ड दिने वताउँदै वन जंगल जोगाउन, चुरे संरक्षण, नदिको किनारमा वृक्षरोपण गर्न समेत निर्देशन दिए। सो अवसरमा आफ्नो निर्वाचन क्षेत्रमा कर्णालीको तिरमा वेतको खेती गरेर समुदायले विभिन्न विकासका कार्य गरेको स्मरण गराउँदै दुई वर्ष पछि नदिमा सिधै गएर ढुङ्गा वालुवा निकाल्न दिंदा नदिले कटान बढाउँदै गएको वताए । त्यसैगरी आईतबार नै पाल्पा जिल्लाका वन तथा भू–संरक्षण कार्यलयहरुको स्थलगत निरीक्षण गरि आवश्यक निर्देशन दिएका राज्यमन्त्री दीर्घराज भाटले सोमबार रुपन्देही, कपिलवस्तु र वाँके राष्ट्रिय निकुञ्जको निरिक्षण गर्ने कार्यक्रम रहेको उनका निजि सचिव हरिश्चन्द्र सिंहले वताए ।

Post a Comment

 
Top