0
गोल्डेन न्यूज संवाददाता
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई लक्षित गर्दै पोखरामा पुस अन्तिम साता ‘इक्यान शैक्षिक मेला’ हुने भएको छ । शैक्षिक परामर्श संघ इक्यान कास्कीको आयोजनामा पुस २७ देखि २९ सम्म पोखरा सभागृहमा चौथो इक्यान शैक्षिक मेला आयोजना हुने लागेको हो । वैदेशिक अध्ययनका लागि जान चाहने पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले मेलाको आयोजना गर्न लागेको इक्यान कास्कीका अध्यक्ष मिलन तिवारीले जानकारी दिए । तिवारीले भने–‘वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरु र उनीहरुको अभिभावकलाई उचित परामर्श आवश्यक रहेकोले हामीले मेलाको आयोजना गरेका हौँ ।’ मेला अवधिभर पोखरा र पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरु र अभिभावक हरुको सहभागिता उल्लेख्य रहने आयोजकको अपेक्षा छ ।
मेलामा शैक्षिक परामर्श दिने व्यवसायीहरु र रुस, डेनमार्क, भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, जर्मन, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहने मेलाका प्रचार–प्रसार संयोजक पूर्ण न्यौपानले जानकारी दिए । तीन दिने मेलामा विद्यार्थीहरुले देशी तथा विदेशी थुप्रै कलेज तथा विश्वको बारेमा परामर्श लिन सक्नेछन् । मेलामा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई विद्यार्थी भिषा प्रणाली, वित्तीय कागजात, र अन्य आवश्यकीय कागजपत्र लगायतका विषयमा विभिन्न विषयमा देशका कलेज तथा विश्वविद्यालयहरुको समग्र शैक्षिकस्थती र भर्ना प्रक्रियाको बारेमा जानकारी दिइने इक्यान कास्की सचिव भुवन क्षेत्रीले जानकारी दिए ।  नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एशोसिएशन पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजक थर्ड आई रिसर्च सेन्टर छ । सपोर्टेट बाईमा डेल्टा एजुकेयर नेपाल छ । मेलाको अन्य प्रायोजकमा किङ फिसर एजुकेशन कन्सल्टेन्सी, मिराई एजुकेशन कन्सल्टेन्सी, बर्नहर्ट एजुकेशन कन्सल्टेन्सी, लेट्स एजुकेशन कन्सल्टेन्सी, ट्रिनिटी एजुकेशन फाउन्डेसन, एजुकेसनल स्टडी लिंक, युनिस्टार एजुकेसन, एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, टार्गेट इन्टरनेशल एजुकेसन र एक्सल पोखरा एजुकेशन कन्सल्टेन्सी, ट्राभल्स पाट्र्नसमा इन्जय नेपाल टुर एण्ड ट्राभल्स छन् । धेरै शैक्षिक परामर्श केन्द्रहरु एकै स्थानमा रहेर परामर्श दिने भएकोले विद्यार्थी र अभिभावकहरु लाई वैदेशिक तथा राष्ट्रिय शिक्षाको बारेमा जानकारी लिन निकै सजिलो हुने आयोजकले भनाई छ । मेलामा ४५ वटा स्टल रहने छन् । पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार भन्दा बढि विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ ।



Post a Comment

 
Top