0
गोल्डेन न्यूज संवाददाता
कवि शिरोमणि लेखनाथ पौडेलको १३३औं जन्मजयन्ती त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने भएको छ । कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति, लेखनाथ नगरपालिका, लेखनाथ साहित्य परिषद, लेखनाथ उद्योग वाणिज्य संघ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, लेखनाथ लायन्स, लेखनाथ जेसीज लगाएत लेखनाथ सँग सम्वन्धित विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग वसेको संयुक्त वैठकले तीन दिनसम्म मनाउने निर्णय गरेको हो । कार्यक्रम अन्तर्गत पहिलो दिन पुष १३ गते लेखनाथ चोकमा रहेको लेखनाथ प्रतिमा तथा चोक, तरुण तपसी पार्क र जन्मघर वरिपरी सरसफाइ गरिने भएको छ ।  जसलाई सृजना वहिरा मावि र अर्घौं बजार व्यवस्थापन समितिले सहजीकरण गर्ने भएका छन् । यसैगरी पुष १४ गते दोस्रो दिन लेखनाथ नगर भित्र संचालित विद्यालय स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता गरिने छ ।  त्रिदिवसीय कार्यक्रमको अन्तीम दिन पुस १५ गते कवि शिरोमणी लेखनाथ पौडेलले रचना गरेको साहित्यिक कृती तरुण तपसी महाकाव्यको नाममा निर्माण गरिएको तरुण तपसी पार्कको उद्घाटन गरिने जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले जानकारी दिए ।  सोही दिन कविको जन्मस्थल अर्घो अर्चलेमा मूल समारोहको आयोजना गरि विभिन्न साहित्यिक स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।  यस वर्षको लेखनाथ साहित्य पुरस्कारवाट साहित्यकार तथा भाषाविद प्राध्यापक वालकृष्ण पोखरेल सम्मानति हुँदैछन् । पुरस्कारको रासी नगद रु ५० हजार रहेको प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले जानकारी दिए । यसैगरी यस वर्षको एलसीमा लेखनाथका सामुदायिक विद्यालयका तर्फवाट सर्वोत्कृष्ट हुने छात्रातर्फ गोगन माविकी आकृति खनाल, कुन्तीदेवी शिक्षा पुरस्कारवाट नगद  १० हजार रुपैयाँले सम्मानित हुँदैछन् भने चन्द्रकान्त शिक्षा पुरस्कारवाट सामुदायिक विद्यालय तर्फ सर्वोत्कृष्ट हुने गोगन माविका आकाश जैशी, र सस्थागत विद्यालय तर्फ सर्वोत्कृष्ट हुने जुनियर सिटिजन एकेडेमीका नम्रता आचार्य पुरस्कृत हुने भएका छन् । यसैगरी फणिन्द्र कुमारी ढकाल छात्रवृत्तिबाट लक्ष्मी आदर्शवाट यस वर्षको एसएलसीमा सर्वोत्कृष्ट भएका अनिल भूजेल र मधुमाया ढकाल छात्रवृत्तिबाट जनज्योती मावि कालिकाका विद्यार्थी पुरस्कृत हुँदैछन् । कविता प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मूल समारोहमा पुरस्कार प्रदान गरिने समितिका सचिव मनोज पोडेलले बताए । मूल समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा प्रसाद उप्रेती र वरिष्ठ भाषाविद् बालकृष्ण पोख्रेलको प्रमुख आतिथ्यता रहने  ।







Post a Comment

 
Top