0
गोल्डेन न्यूज संवाददाता
कवि तथा गीतकार रत्नशम्शेर थापालाई भूपी काब्य पुरस्कारबाट आइतबार पोखरामा सम्मान गरिएको छ । कवि भूपी शेरचनको ८१ आंै जन्म जयन्तीको अवसरमा आयोजित भूपी काब्य पुरस्कार सम्मान तथा विशेष कवि गोष्ठीमा थापालाई सम्मान गरिएको हो । नेपाली कविता र गीतसंगीतको क्षेत्रमा थापाले पु¥याएको योगदानको कदर गर्दै भूपी काब्य पुरस्कारबाट सम्मान गरिएको आयोजक थकाली सेवा समिति नदीपुरका अध्यक्ष विश्वमोहन गोैचनले जानकारी दिए। कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, कार्यक्रम संयोजक मिलन शेरचन, संस्कृतिकर्मी तीर्थ श्रेष्ठले दोसल्ला, सम्मानपत्र र नगद ५० हजार एक रुपैयाँ सहित सम्मान गरे । १९९४ मा काठमाडौंमा जन्मिएका थापाले थुप्रै कविता र गीतहरु लेखेका छन् ।









Post a Comment

 
Top