0
गोल्डेन न्यूज संवाददाता 
घान्द्रुक ८, म्रुम्चु बारघर गाँउ भई युकेको फानबोरो निवासी अमर तमु (नेपालेको कान्छा) द्वारा लिखित ‘गुरुङ (तमु)भाषा सिक्नुहोस्’ पुस्तकको सोमबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । पोखरा १०, रामघाट बुद्धशान्ति मार्ग्स्थित ब्रेज मेश्रों घान्द्रुक तमु समाजमा आयोजित कार्यक्रममा घान्द्रुक गुरुङ भाषा संरक्षण समिति युके तथा श्री मेश्रों बराह घान्द्रुक बेलफेयर सोसाइटी युकेद्वारा प्रकाशित पुस्तकको प्रमुख अतिथि बयोबृद्ध समाजसेवी ९५ वर्षीय सिंहराज तमु, घान्द्रुक तमु समाज पोखराका अध्यक्ष सुवेदार नरबहादुर तमु, बौंद्ध अर्घौ सदनका अध्यक्ष क्या. भुवनसिंह तमु, समाजसेवी रुद्रकुमारी तमु मैना, मेजर प्रेमबहादुर थापा, सुवेदार इमान बहादुर तमु, सुवेदार सुदर्शन तमु, खडगबहादुर तमु, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी तमु लगायतले पुस्तक सार्वजनिक गर्दै विमोचन गरेका हुन् । प्रमुख अतिथि सिंहराज तमुले लेखक अमर तमुलाई आर्शिवचन प्रदान गर्दै पुस्तक प्रकाशनले तमु भाषा सिक्न चाहनेलाई सहयोगी र भाषा संरक्षणका लागि उपयोगी हुने बताए। टिप्पणीकार रोदी क्लव घान्द्रुकका अध्यक्ष, शिक्षक पूर्णप्रसाद तमुले पुस्तकले लोप हँुदै गएको तमु भाषाको संरक्षण गर्न सघाउने भन्दै प्रकाशन केही कमिकमजोरी रहे पनि छिट्टै दोश्रो संस्करण प्रकाशन गरी कमिकमजोरी सच्चाउने विश्वास व्यक्त गरे ।शुभकामना व्यक्त गर्दै तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी तमुले लेखकलाई बधाई ज्ञापन गरे । उनले  भाषा बचाउका लागि तमु लिपी जरुरी रहेको बताए। लेखकका शिक्षक समेत रहेका मेजर प्रेमबहादुर थापाले बधाई ज्ञापन गर्दै आफ्नो पहिचानका लागि पनि भाषामा संरक्षणमा सबैको ध्यान जानुपर्ने बताए । उनले घान्द्रुके तमु भाषाको आफ्नै मौलिकता छ, यसलाई जोगाउनुपर्ने बताए।
 
समाजसेवी रुद्रकुमारी तमु मैनाले पुस्तक लेखन एवं प्रकाशनका लागि लेखक अमर तमु र प्रकाशन संस्थालाई बधाई ज्ञापन गर्दै पुस्तकले तमु समुदायको निम्ति महत्वपूर्ण सम्पत्ति प्रदान गरेको भन्दै प्रशंसा गरे । घान्द्रुक तमु समाज पोखरामा उपाध्यक्ष तथा घान्द्रुक गुरुङ भाषा संरक्षण समिति युकेका कार्यसमिति सदस्य हितकाजी तमुले पुस्तक प्रकासनको आवाश्यकता र लेखन तथा प्रकाशनको पृष्ठभूमिका बारेमा जानकारी गराउदै तमु भाषा संरक्षणका लागि पहल गरिएको बताए । पुस्तकका लेखक अमर तम (नेपालेको कान्छा)ले पुस्तक लेख्नुको उद्देश्य र आवाश्यकताका बारेमा चर्चा गर्दै तमु भाषा संरक्षण पहल भएको बताए । कार्यक्रममा लेखक अमर तमुलाई चेली बेटीहरुले भाङ्ग्रा, फेटा, खादा, फूल लगायतबाट सम्मान गरिएको थियो भने सिक्लेसी चेलीवेटीहरुको तर्फबाट साँस्कृतिक प्रस्तुति समेत गरिएको थियो । ब्रेज मेश्रों घान्द्रुक तमु समाज पोखराका अध्यक्ष सु.नरबहादुर तमुको अध्यक्षता, चकबहादुर तमुले स्वागत गरेको कार्यक्रमको सञ्चालन हिमाली साँस्कृतिक परिवारका सचिव श्रीजंग तमुले गरेका थिए । पुस्तक नेपाली–रोमन अग्रेंजी–तमु भाषामा रहेको छ भने मूल्य २५० रुपैया मात्र रहेको छ । लेखक अमर तमुले यस अघि घान्द्रुके गुरुङ भाषा पुस्तक सन् २०१२ मा प्रकाशन गरिसकेका छन् ।



Post a Comment

 
Top