0
गोल्डेन न्यूज संवाददाता
संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले बुधबार पोखरा उप–महानगरपालिका कार्यालयको अनुगमन गर्दै सेवालाइ प्राथमिकतामा राखेर कार्य गर्न कर्मचारीलाइ निर्देशन दिएका छन् । मन्त्री पाण्डेले पोखरा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको पर्यटकीय शहर भएको बताउँदै नीति निर्माणका क्रममा पर्यटनलाइ केन्द्रमा राख्न सुझाव दिए । अबका सरकारी कार्यालयहरु बढिभन्दा बढी आधुनिक प्रविधिमैत्री हुनुको विकल्प नभएको भन्दै प्राविधिक स्तरोन्नतिमा मन्त्रालय सकारात्मक रहेको उनले बताए । उनले सेवालाइ प्राथमिकतामा राखेर कार्य गर्न सवै कर्मचारीमा निर्देशन दिए ।  सेवाग्राहीको सेवाका निमित्त सबैभन्दा पहिला कर्मचारी समयमा टेवलमा उपस्थित हुनुपर्ने र समयसम्म रहनुपर्नेमा जोड दिँदै अनुगमनलाइ प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् ।  निर्देशनका क्रममा बोल्दै उनले नीतिगत निर्णय गरेर टुङ्ग्याउनु पर्ने कतिपय विषयप्रति मन्त्रालय सकारात्मक रहेको र अन्य विषयमा मन्त्रालय सदैव उप–महानगरपालिकासंगै रहेकाले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाइ अनुरोध गरे ।  पोखराले हाल गरिरहेका राम्रा कार्यहरुको प्रशंशा गर्दै उनले कार्यकारी अधिकृतलगायत सवै कर्मचारीलाइ धन्यवाद समेत दिए । यसअघि पोखरा उप–महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले कार्यालयले हालसालै गरेका कार्य तथा पाइपलाइनमा रहेका कार्यहरु एवम् समस्या र चुनौतीसहितको प्रगति विवरण प्रस्तुत गरेका थिए ।





Post a Comment

 
Top