0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस सोसाइटीले आफ्नो स्थापनाको तेस्रोवर्ष को अवसर पारेर न्यानो कपडा वितरण गरेको छ। भरतपोखरी स्थित साथी संसारमा रहेका करिब ३२ जना मस्तिष्क घात, पक्षघात तथा सुस्तमनस्थिति भएका वालवालिकाहरुलाई बिभिन्न सुइटर, टाउजर लगायतका न्यानो कपडा वितरण गरेको थियो । क्लवका अध्यक्ष होम बिलास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव ३२५ बि १ नेपाल का निर्वतमान गर्भनर ध्रुव बहादुर थापाले सामाजिक कार्यमा पिस सोसाईटीले गरेको कार्यको उच्च प्रशंशा गर्दै आउने दिनहरुमा पनि यस्ता मानविय सहयोगका कार्यमा अघि बढ्नका लागि लायन्स डिष्ट्रिक्टवाट सक्दो सहयोग रहने बिश्वास ब्यक्त गरे । यसैगरी  क्लवले चार्टरनाइटको पनि आयोजना गरेको थियो । कार्यक्रममा क्लवका सदस्य तथा परिवारहरुको जमघट रहेको थिया । कार्यक्रममा साथी संसारका ब्यवस्थापक, नारायण प्रसाद अधिकारीले लायन्सले गरेको सहयोगको प्रशंसा गरेका थिए भने क्लवका प्रथम उपाध्यक्ष सन्तोष पौडेलले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा एओजी विश्वेवर आचार्य, डिष्ट्रिक्ट एडभाइजर दुर्गा प्रसाद हुमागाइँ, डिष्ट्रिक्ट एडभाइजर सुचित्रा थापा, कमिटी चेयर पर्सन तीर्थलाल श्रेष्ठ, रिजन चेयर पर्सन तेजनारायण पराजुली, जोन चेयर पर्सन विधाता श्रेष्ठ, चार्टर मेम्वर रमेश थापा मुनालका अध्यक्ष ज्ञानेन्द्र कोइराला  लगायतले बोलेका थिए । 





Post a Comment

 
Top