0
गोल्डेन न्यूज संवाददाता
पोखरा सस्तो बजारले दशै तिहारको उपलक्ष्यमा सञ्चालन गरेको उपहार कुपनको नतिजा सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक नतिजा अनुसार कुपन नंवर २९८४५ का रिदम थापाले प्रथम पुरस्कार स्वरुप १ थान हिरो स्कुटर प्राप्त गरेका छन् । यस्तै, कुपन नंबर २५१०९ का बिना मगरले द्धितिय पुरस्कार स्वरुप १ थान टेलिभिजन, कुपन नंबर २९२०७ का प्रकाश पौडेलले तृतिय पुरस्कार स्वरुप फ्रिज १ थान र २०२४७ कुपन नंबरका मिलन गुरुङ्गले चौथो पुरस्कार स्वरुप १ थान मोबाइल प्राप्त गरेका छन् ।‘दशै तिहारको बहार, उपहारै उपहार’ कार्यक्रम अन्तर्गत दशै तिहारका अवसरमा पोखरा सस्तो बजारमा किनमेल गर्न गएका ग्राहकहरुले ५०० रुपैयाँ बराबरको खरिदमा निःशुल्क उपहार कुपन प्राप्त गरेका थिए । उपहार कुपन कार्यक्रम अन्र्तगत सान्त्वना पुरस्कार स्वरुप २० थान भित्ते घडी, १५ थान थर्मस, १० थान आइरन, ५ थान राइस कुकर, ३ थान टेबल फ्यान समेत सस्तो बजारका ग्राहकले प्राप्त गरेका छन् । उपहार कुपनको नतिजा सार्वजनिकिकरण कार्यक्रमको उद्घाटन गर्दै पोखरा उप–महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले व्यवसायीहरुले आफ्ना हकहितको बारेमा आवाज उठाइरहँदा आफूले पालना गर्नुपर्ने दायित्वलाई भुल्न नहुने बताए ।  राज्यले लागु गरेका ऐन कानूनको परिधिमा रहेर आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्ने क्रममा पर्न गएका अप्ठ्याराहरु माथि बसेर छलफल गर्न पोखरा उप–महानगरपालिका सदैव तयार रहेको उनको भनाई थियो । यस्तै, पोखरा हङ्गकङ्ग बजारका अध्यक्ष दिलिप सुनारले पोखराका बहुसंख्यक जनतालाई सेवा प्रदान गर्दै आइरहेका यस्ता प्रकारका व्यावसायीहरु एक अर्कोलाई पर्ने समस्यामा एक हुनुपर्ने धारणा राखे । पोखरा कृषी उपज बजारका सञ्चालक समिती अध्यक्ष रुद्र प्रसाद खनालले व्यावसायीहरु सिधै राज्य वा सम्वन्धित सरोकारवालासंगको सम्पर्कमा रहनुपर्ने बताए । उनले विचौलियाहरुका कारण साना व्यापारीहरु सधैं मर्कामा पर्ने गरेको र सो को समाधानका लागि सरोकारवाला निकाय सजग हुनुपर्ने धारणा राखे । कार्यक्रममा वडा कार्यालय ९ का सचिव लोकदर्शन कोइराला, सस्तो बजारका कानुनी सल्लाहकार दुर्गा कोइराला, सल्लाहकार हरि फुँयाल, नेकपा माओवादी पश्चिम इलाका प्रमुख सुजन लगायतले बोलेका थिए । सुशिला थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन गोपाल बयलकोटीले गरे ।

Post a Comment

 
Top