0
गोल्डेन न्यूज संवाददाता
लामो समयपछि पोखरामा खुलेको दुई पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको फारम लिने क्रममा झडप भएको छ। गण्डकी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पार्दीको कार्यालयमा लाइन लाग्नेक्रममा धकेला धकेल गरे पछि प्रहरीले लाठीचार्ज गरेको छ । दशैंपछि खुलेको अनुमति पत्रको फारम भर्न बिहानैदेखि लामो लाइन लागेको थियो । आइतबार मात्रै गरि ३ हजार ६ सय जनाले टोकन लगेको गण्डकी यातायात व्यवस्था कार्यालय सवारी चाल अनुमतिपत्र कार्यालयका प्रमुख कीर्तनराज पौडेलले जानकारी दिए। उनले प्रत्येक हप्ता ३ सय जनाको लिखित र प्रयोगात्मक परीक्षा लिई अनुमतिपत्र दिने बताए । ३ हजार ६ सय जनाले फागुन १५ सम्ममा लिखित र प्रयोगात्मक परीक्षा दिइ सक्ने उनको भनाई थियो । उनले चार पाङ्ग्रे सवारीका लागि मंगलबार आवेदन खुल्ला हुने बताए ।


Post a Comment

 
Top